आईएमई नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा
काठमाडौं । आईएमईको मुख्य प्रायोजनमा चाहना मिडिया प्रालिद्वारा उत्पादित रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ ।
यस रियालिटी शोमा कुल ३६ श्रृंखला निर्माण गरिनेछ ।
आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैयाँ लागत छ । ७ प्रदेशका मुख्य सहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरि, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा हरेक सहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए ।
छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिशन प्रवेश गरेका थिए । जसमा निर्णायकहरुले फेरि पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए ।
एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरि टप १६ छनोट भएका थिए ।
एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए ।
एपिसोड १८ सम्म कुल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल भएको थियो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् ।
टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरु रहेका छन् । बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राइ (भोजपुर), मुना अर्याल (चितवन), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची)।
प्रत्येक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे एपीवान एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आईएमई नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख रुपैयाँ छ । द्वितीय पुरस्कार २५ लाख रुपैयाँ छ भने तृतीय पुरस्कार १० लाख रुपैयाँ छ ।
साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि छ । कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजी खाँड र बिबि अनुरागी रहेका छन् । डिशहोमको एशोसिएसन, सगरमाथा सिमेन्टद्वारा सञ्चालित, लिट्मस केबलद्वारा विद्युतीय अनुरक्षण र दिव्य कुकिङ ओयलद्वारा सह–प्रायोजित यस कार्यक्रमका भोटिङ पार्टनर आईएर्मइ पे र ब्यान्किङ पार्टनर कृषि विकास बैंक छन् ।
यस कार्यक्रमका इन्सोरेन्स पार्टनर सिटिजन लाइफ इन्स्योरेन्स, होटल पार्टनर होटल काठमाडौं इन, ट्राभल पार्टनर इस्ट एण्ड वेस्ट ट्राभल एजेन्सी छन र प्रमोशन तथा बजार व्यवस्थापनका लागि एड प्याड प्रालि आधिकारिक एजेन्सी छ ।