अब बैंकमा सुन राख्दा ब्याज पाइने, राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सुन राख्दा ब्याज पाउने व्यवस्था गरेको छ ।
लगानीयोग्य रकमको अभाव हटाउनको लागि अर्थमन्त्रालयले सुन निक्षेपको योजना बजेट मार्फत सार्वजनिक गरेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा जम्मा गर्न सक्ने विषयमा नीतिगत व्यवस्था गरिनेछ ।
राष्ट्र बैंकले निर्देशिका बनाएर यो व्यवस्था कार्यान्वयन गर्ने छ ।