५० लाखभन्दा माथिको कर्जा लिँदा प्यान अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा माथिको कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार ५० लाखभन्दा माथि कर्जा लिनेको हकमा प्यान अनिवार्य गरिएको बताए ।

यसअघि १ करोड रुपैयाँभन्दा माथिको कर्जा लिनका लागि मात्रै प्यानको व्यवस्था थियो ।


क्लिकमान्डु