वर्षाका कारण देशभरका ७ विमानस्थलमा उडान अवरुद्ध




काठमाडौं । आज विहानैदेखि परेको अविरल वर्षाका कारण देशभरीका विभिन्न ७ विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढी जस्ता ट्रंक रुटका विमानस्थलबाहेक अन्य पहाडी तथा तराईका विमानस्थलबाट हुने उडान तथा अवतरण वर्षाका कारण अवरुद्ध भएको  विमानस्थलका प्रवक्ता प्रताव वावु तिवारीले क्लिकमाण्डूसँग जानकारी दिए ।

विमानस्थल अवरुद्ध भएपछि गन्तव्यमा जान निस्किएको यात्रु अलपत्र परेका छन् ।

विमानस्थलका अनुसार झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला र चितवनको भरतपुर र पोखरा विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको हो ।

वर्षाका कारण उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी कमजोर भएकाले उडान तथा अवतरण अवरुद्ध भएको हो । कार्यालयका अनुसार कतिपय विमानस्थलको धावनमार्गमा पानी जमेको छ ।

गन्तव्यमा जान निस्किएका यात्रु लामो समयदेखि ती विमानस्थलमा उडान हुने पर्खाइमा छन् ।


क्लिकमान्डु