अख्तियारमा उजुरी साढे २३ प्रतिशतले बढ्यो, रंगेहात समातिनेमा गृहका बढी




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५/७६ मा १४२ जना लाई भ्रष्टाचार गरेको आरोपमा रंगेहात पक्राउ गरेको छ ।

अख्तियारले शुक्रबार सार्वजनिक गरेको संक्षिप्त विवरणमा रंगेहात पक्राउ १४२ जना र कारबाहीमा २०० जना विरुद्ध मुद्धा दायर गरिएको छ ।

जसमध्ये राष्ट्रसेवक कर्मचारी १६२ जना, निर्वाचित/मनोनित पदाधिकारी ७ जना बिचौलियालगायत अन्य व्यक्ति ३२ जनाविरुद्ध मुद्धा दायर गरिएको छ ।

१६१ जना राष्ट्रसेवक कर्मचारीमध्ये २ जना विशिष्ट श्रेणी, २ जना सहसचिव वा सो सरहका कर्मचारी छन् । त्यस्तै, १० जना उपसचिव वा सो सरहका कर्मचारी, ३२ जना शाखा अधिकृत वा सो सरहका कर्मचारी छन् ।

त्यस्तै, नायव सुब्बा वा सो सरहका ४६ जना, खरिदा वा सो सरहका २९ जना र जुनियर प्राविधिक कर्मचारी १५ जना र कार्यालय सहयोगी २४ जनाका विरुद्धमा मुद्धा दायर गरिएको छ ।

रंगेहात पक्राउ पर्नेमा गृहका बढी
जसमा सबैभन्दा बढी गृह प्रशासनका २७ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

त्यस्तै, दोस्रो नम्बरमा संघीय मामिलाका २६, भूमि व्यवस्थापनका २२, र वन वातावरणका ११ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

त्यस्तै, उर्जा जलस्रोत तथा सिँचाइका ९ शिक्षा विज्ञान तथा प्रविधिका ८, भौतिक पूर्वाधार तथा यातायात र कानून न्यायका ७/७ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

त्यस्तै, वर्ष २०७५/७६ मा अख्यिारमा उजुरी दिनेको २३.४ प्रतिशतले बढेको छ । वर्ष २०७४/७५ मा १९ हजार ४८८ वटा उजुरी परेकोमा यो संख्या बढेर वर्ष २०७५/७६ मा २४ हजार ४८ पुगेको छ ।

त्यस्तै फछ्र्यौट संख्यामा पनि वृद्धि भएको छ ।

कुल उजुरी परेकामध्ये २०७५/७६ मा ६५ प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । भने अघिल्लो वर्ष ६४ प्रतिशत फछ्र्यौट भएका थिए । वर्ष २०७४/७५ मा १२ हजार ४०० पछ्र्यौट भएकोमा गत वर्ष १५ हजार ६११ फछ्र्यौट भएका थिए ।

जसमध्ये गत वर्ष ९२१ वटा विस्तृत अध्ययन भएका थिए भने अघिल्लो वर्ष ५०४ वटा मात्रै विस्तृत अध्ययन भएका थिए ।

त्यस्तै, विदेश अदालतमा दायर भएका मुद्धामा ८८.५ प्रतिशत आयोगले सफलता प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा निर्णय भएका ३५१ वटा मुद्धामा दायर भएका थिए ।

अघिल्लो वर्ष विशेष अदालतमा अख्तियारले १९४ वटा मुद्धा दायर गरेको थियो । जसमा ६८ प्रतिशत सफलता प्राप्त भएको थियो ।


क्लिकमान्डु