मन्दिर पुनःनिर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले दिए १ करोड

क्लिकमान्डु २०७६ असार २६ गते १२:०६ मा प्रकाशित

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले मन्दिर पुनः निर्माणका लागि १ करोड रुपैयाँ दिएका छन् ।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेनको मन्दिर पुनः निर्माणका लागि बिके श्रेष्ठले सो रकम दिएका हुन् ।
आफ्ना बुवा गणेशलाल श्रेष्ठको सम्झनामा मन्दिर पुनःनिर्माणको लागि बिके श्रेष्ठले सो रकम दान गरेका हुन् ।

भीमसेन मन्दिरलाई पाटनको इष्ट देवताको रुपमा लिइन्छ ।

बिके श्रेष्ठले एक करोडको चेक श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिलाई प्रदान गरेका छन्। चेक हस्तान्तरण कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघ तथा समिति संयोजक कृष्णलाल महर्जन, मंगलटोल सुधार समिति तथा निर्माण समितिका उपाध्यक्ष किरणमान प्रधान र केभीपीटी निर्देशक डा।रोहित रंजितकार उपस्थित थिए।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स