राजधानीमा भूकम्पको झट्का
काठमाडाैं । राजधानीमा भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो ४ बजेर १५ मिनेट जाँदा भक्तपुरमा केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले जानकारी दिए ।
भूकम्पको धक्कापछि मानिसहरु घरबाहिर निस्किएका थिए । पानी परेको समयमा भूकम्प आएपछि मानिसहरु पानीमा रुझ्दै घर बाहिर निस्किएका थिए ।