भ्रष्टाचार मुद्दामा फरार प्रहरीका पूर्वप्रमुख ठकुरी जेल जाँदै



काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख रमेशचन्द ठकुरी जेल जाने भएका छन् ।

बिहीबार सर्वोच्चको फैसला स्वीकार गर्दै अदालत पुगेका ठकुरीलाई आजै डिल्लीबजार कारागारमा लैजाने तयारी गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुक सुडानमा शान्ति स्थापनार्थ खटिएका प्रहरीका लागि प्रहरी कल्याण कोषबाट भएको ४५ करोड खरिदमा २८ करोड भ्रष्टाचार भएको आरोपमा उनी दोषी प्रमाणित भएका थिए ।

सर्वोच्च अदालतकै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको इजलासले प्रहरीले खरिद गरेको एसपीसी खरिदमा ठकुरीसहित ३ पूर्व प्रहरी प्रमुखलाई भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

तत्कालिन माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानन्यायाधीश कार्कीलाई महाभियोग लगाएको दिन कार्कीको इजलासले सो फैसला गरेको थियो ।

सर्वोच्चको फैसलासँगै भ्रष्टाचारको आरोपमा दोषी पाइएका ओम बिक्रम राणा र हेमबहादुर गुरुङ भने यस अगाडि नै जेल गइसकेका छन् ।

ठकुरी भने फरार थिए । उनलाई १ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवाना सजाए पाएका थिए ।


क्लिकमान्डु