सार्वजनिक गुठी हिनामिना सम्बन्धि कारबाही गर्न प्रहरीलाई २ महिना समय थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सार्वजनिक गुठी तथा सरकारले अधिग्रहण गरेका जग्गाबारे प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा पाएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को म्याद २ महिना थप गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदको निर्णय सुनाउँदै २ महिना थप गरिएको जानकारी दिएका हुन् ।
सरकारले जेठ २८ गतेदेखि साउन २८ गतेसम्म २ महिना समय थप गर्ने निर्णय गरेको हो ।

सरकारले गत फागुन २८ गते गरेको निर्णय बमोजिम गठित सरकारी सार्वजनिक गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएको जग्गाको हिनामिना सम्बन्धि छानविन समितिको प्रतिवेदन कार्यान्वयनको जिम्मा सीबीआईलाई दिएको थियो ।


क्लिकमान्डु