एमाले नेता कार्की भ्रष्टचार ठहर
काठमाडौं । सर्वोच्च अदालतले एमाले नेता डोलबहादुर कार्कीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।
मंगलबार न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
पहिलो संविधानसभामा सभासद समेत रहेका कार्कीलाई सभासद हुँदा प्रहरीलाई निरिक्षक बनाइदिन्छु भन्दै पैसा असुलिरहेको बेलामा रंगेहात पक्राउ गरेको थियो ।
विशेष अदालतले २०६७ सालमा दोषी ठहर गर्दै ६ महिना कैद्य र १ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
कार्कीले उक्त फैसलाको पुनरावेदन सर्वोच्चमा दिएका थिए ।