आइफा अवार्ड रोक्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा आयोजना गर्ने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले निर्देशन दिएको थियो ।

आगामी अगस्ट महिनाको अन्तिममा हुने भनिएको आइफा अवार्ड कार्यक्रमको सह–आयोजकका रुपमा काठमाडौं महानगरपालिका रहने बताइएको थियो ।

सरकारले झण्डै १ अर्ब रुपैयाँ खर्च गरी आयोजना गर्ने भनिएको अवार्डको चौतर्फी विरोध भइरहेको छ । समितिको यो निर्देशनसँगै अवार्ड आयोजना हुनेमा अन्योल भएको छ ।

मुलुकको पर्यटन प्रवद्र्धनका लागि आइफा अवार्ड महत्वपूर्ण मानिएको छ ।


क्लिकमान्डु