साझा यातायातलाई अशोक लेलैण्डले हस्तान्तरण गर्यो २० थान वातावरणमैत्री बस



काठमाडौं । आइएमई समूह अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डका २० थान वातावरण मैत्री यूरो–४ मापदण्डका लाइनेक्स स्मार्ट बस साझा यातायातलाई हस्तान्तरण गरेको छ ।

नेपालमा बिक्रि वितरणको सुरुवातका क्रममा काठमाडौँमा एक कार्यक्रममार्फत साझा यातायातलाई हस्तान्तरण गरिएको हो ।

बसहरु आधुनिक टेक्नोलोजीद्वारा डिजाइन र प्रमाणित गरिएका छन् । साथै अनिवार्य मापदण्डहरुभन्दा अतिरिक्त सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।

लाइनेक्स स्मार्ट बसका विशेषताको रुपमा इन्जिनमा एक समकालिन –४ सिलिण्डर सीआरएस डिजल जुन इजीआर टेक्नोलोजीसँग टर्बो चार्ज गरिएको इन्टरकुलर पाइन्छ र अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ किलोवाट) को अधिकतम शक्ति २४०० आरपीएम, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडि र पछि), ११५ लिटर इन्धन टैंक क्षमता कम्पनीले जानकारी दिएको छ ।

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्रीमैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको कम्पनीको भनाइ छ ।

गाडी अपरेटर र यात्री अनुकूल छ हुनुका साथै पैदलयात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको छ ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाइमा मुख्यालय छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो ।

साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु छन् । साथै बसको बजारमा ठूला पकड छ ।

अशोक लेलैण्डको मालवहाक वर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् । नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरु ट्रक÷टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य विशेष गाडीहरु छन् ।

आइएमई मोटर्स प्रा. लि. नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो ।

नेपाल भरी आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिस र पार्ट्स नेटवर्कमार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको छ ।


क्लिकमान्डु