भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरीका पूर्व प्रमुखलाई विशेष अदालतले दियो सफाइ




काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरीका पूर्व प्रमुखहरुलाई विशेष अदालतले सफाइ दिएको छ ।

पूर्व प्रमुखहरु वासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई सफाइ दिएको हो । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

उनीहरुलाई सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाइ भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

उनीहरुका पक्षबाट वरिष्ठ अधिवक्ता ललित बस्नेतले वकालत गरेका थिए ।


क्लिकमान्डु