ओरेन्टल पीडितको चेतावनीः १ महिनाभित्र केही पैसा फिर्ता नभए सडक संघर्ष गर्छौं



काठमाडौं । ओरेन्टल को-अपरेटिभका पीडितहरुले सरकारले गठन गरेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिलाई एक महिनाभित्र केही रकम फिर्ता नभए सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

व्यवस्थापन समितिका अधयक्ष युवराज सुवेदी समक्ष ज्ञापनपत्र बुझाउँदै सहकारी पीडित हकहति संरक्षण समितिले यस्तो चेतावनी दिएको हो । ओरेन्टलले हजारौं बचतकर्ताको ४ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको जानकारी गराउँदै यस्तो चेतावनी दिइएको हो ।

श्रीमान् यसरी समाधान गरौं सुधीर बस्नेतको समस्या

सर्बसाधरण जनताको जिउधनको सुरक्षाको अभिभार बोकेको सरकारले यो विकराल समस्याको समाधानको लागि प्रभावकारि उपायहरु अवलम्वन गर्न नसकेको गुनासो गर्दै पीडितहरुले अबिलम्ब रकम फिर्ता गर्न दबाब दिएका हुन् ।

२०६९ सालमा ओरेन्टल समस्याग्रस्त भएपछि पीडितहरु रकम फिर्ता पाएका छैनन् । कतिपय पीडित पीडा सहन नसकेर आत्महत्या गरेको भन्दै यथाशिघ्र समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

यस्तो छ पीडितहरुले समिति अध्यक्षलाई बुझाएको ज्ञापनपत्र

श्रीमान् अध्यक्षज्यु
समस्याग्रस्त सहकारी संस्था ब्यवस्थापन समितिको कार्यालय
अनामनगर, काठमाण्डौ ।

विषयः ओरेन्टल को-अपरेटिभको समास्या समाधानार्थ ध्यानाकार्षण ।

नेपाल सरकारको सहकारी ऐन २०४८ अन्तर्गत इजाजत प्राप्त गरी द.न. २३६, २०५३ सालमा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखाहरु विस्तार गरी का.म.न.पा वडा नं. ३३ मैतिदेवि काठमाण्डौं प्रधान कार्यालय संचालनमा रहेको ओरेन्टल को-अपरेटिभ लिमिटेडले गत २०६९ श्रावण महिनादेखि करिब ११००० बचतकर्ता तथा निक्षेपकर्ताहरुको रगत, पसिनाको कमाई लगभग ४ अरब रुपैयाको साँवा तथा ब्याज भुक्तानी दिन सकेको छैन । सरकारको तिनखम्बे अर्थनिति अनुरुपको एक खम्बा सहकारीलाई बनाई साना बचतकर्तालाई बैकिङ्ग सुविधा प्रवाह गरी संकलित निक्षेप सामुहिकहितका लागि खर्च गरी आर्जित नाफा, साँवा, ब्याज तथा लाभाँश निक्षेपकर्ताहरुलाई वितरण गर्ने पवित्र उद्देश्य भएको सहकारी संस्था होडबाजीको क्रम तथा उचित नियमनको अभावले उद्देश्य विपरित निक्षेप रकमको दुरुपयोग गरी जोखिमपूर्ण क्रियाकलाप जस्तै अव्यवस्थित हाउजिङ्ग तथा अपार्टमेन्टमा लगानी, घरजग्गा खरिद बिक्रि गर्ने, हवाइजहाज संचालन गर्ने, बिनाधितो ऋण प्रवाह गर्ने, बिना हरहिसाब रकमको हिनामिना जस्ता कार्यहरु भएको हुँदा एकाएक धरासाहि हुन पुगे । जसको फलस्वरुप आज आएर हजारौंहजार निक्षेपकर्ता र तिनका अश्रित लाखौं लाख परिवारहरु भोकभोकै मरिरहेका छन् ।

औषधि उपचार गर्न नपाई मृत्युको दोसांधमा परिरहेका छन् भने दर्जनौ व्यक्तिले आत्महत्या गर्न बाध्य भएका छन् । इजाजतपत्रलिई सहकारीको सिद्धान्त प्रतिकुल फाइनान्स एण्ड सेभिङ्ग कम्पनीको बोर्ड टाँसी जनतालाई आकर्षीत गराई हजारौं नेपाली जनताको धनसम्पत्ति खुलेआम लुट भइरहेको यो घटना नेपालको इतिहासमा सबैभन्दा ठुलो राष्ट्रियस्तरको दर्दनाक वित्तिय अपराध हो । यसरी देशमा भएको आर्थिक घोटाला माथि कारवाहि होस् भनि दबाब मुलक कार्यक्रमहरु गर्दै आएको छ । सर्बसाधरण जनताको जिउधनको सुरक्षाको अभिभार बोकेको सरकारले यो विकराल समस्याको समाधानको लागि प्रभावकारि उपायहरु अवलम्वन गर्न सकिरहेको छैन ।

समस्या समाधार्थका आवश्यक सुझावहरु

क) मिति २०७६ साल असार ३ गते सहकारी पिडित हकहित संरक्षण समितिवाट भेगासिटिका प्रांगनमा भएको भेला अनुसार विभिन्न निर्णय भएको थियो ।

१. ओरेन्टल को-अपरेटिभ संस्थावाट अहिलेसम्म जम्मा गरेको रकम समितिले निक्षेपकर्तालाई ढिला नगरिकन पारदर्शिताका साथ तथा विनाभेदभाव वाँढि दियोस ।

२. यस समितिले १ महिनाभित्र केहि योजनासहित राहतको काम गरोस, नभए हामी सडक संर्घष गर्न वाध्य हुनेछौ ।

ख) मिति २०७५।३।२५ गते भएको त्रिपक्षिय सम्झौता अनुसार अधुरो भेगासिटि अपार्टमेन्ट हाल तिव्ररुपमा वनेको पाइयो, यसको फोटो सहित पेश गरेका छौ । यस भेगासिटि वन्नमा समितिले वाधा अड्चन नगरिकन सहयोगका हात लम्कावस भन्ने हामी चाहन्छौ ।

ग) नेपाल सरकारवाट मान्यता प्राप्त संस्थामा नेपाली जनताहरुले आफ्नो गाँसवास कटाएर गरेको वचतको ब्याजमा ५ प्रतिशतका दरले अग्रिमकर कट्टा गरि नेपाल सरकारलाई वुझाएको र नेपाल सरकारवाटै अनुगमण नियमन कमजोर वनाई संस्थाहरु संचालन गर्न अनुमति दिएकाले आम निक्षेपकर्ताहरुलाई सरकारवाट नै राहतको कार्यक्रम ल्याउनु पर्दछ ।

माथि उल्लेखित वुंदाहरुलाई मनन् गरि यस व्यवस्थापन समितिले कार्यान्वयन गराउन सकेमा मात्र समास्या समाधान भई हाम्रोे ४ अर्व निक्षेप भेट्टाउन सफल हुने छौ र सम्पूर्ण निक्षेपकर्ताहरुले राहत पाइ समाजमा न्याय स्थापित हुनेछ । तसर्थ हजारौ पिडित नेपाली जनताको यस समास्या समाधानको लागि यस समितिको ध्यानाकर्षण होस भनि यो पत्र पेश गरेका छौ ।

………………………………
कुन्ति देवी पोख्रेल
अध्यक्ष
सहकारी हकहित संरक्षण समिति


पुष्प दुलाल