प्राइम बैंकले कन्काइ विकास बैंक एक्वायर गर्ने, आज सम्झौता



काठमाडौं । प्राइम बैंकले कन्काइ विकास बैंकलाई एक्वायर भएको छ। यी दुई बैंकबीच आज (बुधबार) दिउँसो एक्विजिसन सम्बन्धी सैद्दान्तिक सहमतिमा हस्ताक्षर हुँदैछ ।

आज दिउँसो प्राइम बैंकको मूख्य कार्यालय कमलपोखरीमा एक्विजिसन सम्बन्धी सैद्दान्तिक सहमतिमा हस्ताक्षर गर्न लागिएको प्राइम बैंकको उच्च स्रोतले जानकारी दियो ।

प्राइम बैंकले कन्काइ विकास बैंक, रिलायन्स र ललितपुर फाइनान्सलाई एक्वायर गर्ने

ओम डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया टुटेपछि प्राइमले अन्य संस्थासँगको मर्जर तथा एक्वायरको छलफललाई तीब्र बनाएको थियो । जसमध्ये पहिलो चरणमा कन्काइसँग मर्जरको सम्झौता गर्न लागेको हो ।

ओमले प्राइमसँगको एक्विजिसन प्रक्रिया तोडेर गएपछि यो बैंकलाई मर्जर तथा एक्वायरमा जान तीब्र दबाब परेको थियो ।
बैंकले ६ वटा वाणिज्य बैंकसहित डेढ दर्जन बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेको छ।

ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा

ओमसँग डिमर्ज भएपछि राष्ट्र बैंकले ओम र प्राइम दुबैलाई ३ महिनाभित्र अर्को संस्थासँग मर्ज गर्न अल्टिमेटम दिएको थियो । ३ महिनाभित्र अर्को संस्थासँग मर्जर तथा एक्वायरको सम्झौता गर्न नसके राष्ट्र बैंकले शाखा खोल्न नदिने, सञ्चालकलाई सचेत गराउने, आधारभूत सेयर ट्रान्सफर गर्न रोक लगाउने जनाएको छ ।

प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही

कन्काइसँग एक्वायरको सम्झौता भएसँगै प्राइम राष्ट्र बैंकको कारबाहीबाट जोगिने भएको छ ।

प्राइमले सेञ्चुरी, सिभिल, जनता, कुमारी, मेगा, सिटिजन्स, कैलाश, कामना सेवा, गरिमा, सांग्रिला, ज्योति, साइन रेसुङ्गा, देःव, लुम्बीनी, सिन्धु, कन्काइ, कमयुनिटी र कर्णाली विकास बैंकसँग पनि मर्जर तथा एक्वायरको छलफल गरिरहेको छ ।

यस्तो हुनेछ एक्वायरपछिको वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ भने चैतसम्ममा कन्काई विकास बैंकको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ छ ।

दुई बैंक एक भएपछि प्राइमको निक्षेप ७० अर्ब ५८ करोड ६६ लाख ३२ हजार रुपैयाँ पुग्ने छ । चैत मसान्तसम्ममा प्राइमको निक्षेप ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ रहेको थियो भने कन्काइको १ अर्ब ९२ करोड ८८ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै मर्जपछि बैंकको कर्जा लगानी ७१ अर्ब ५८ करोड ४१ लाख २८ हजार रुपैयाँ पुग्ने छ । अहिले प्राइमको ६९ अर्ब ८६ करोड ३९ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको रहेको छ भने कन्काईको १ अर्ब ९० करोड १ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा प्राइमको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै कन्काइको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४० पैसा बार्षिक र प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्राइमले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३१.३६ प्रतिशतले बढेको छ ।

गत आवको सोहि अवधिमा बैंकले १ अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म आईपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

यस्तै कन्काइले पनि चैत मसान्तसम्ममा ४ करोड ४० लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।


क्लिकमान्डु