बजेटपछि कुन रक्सी कति महंगियो ? (सूचिसहित)



काठमाडौं । मदिरा अर्थात् रक्सीका पारखीहरुका लागि अर्थमन्त्री युवराख खतिवडाको बजेट सुखद रहेन । मन्त्री खतिवडाले अन्तःशुल्क बढाइदिए । जसकारण रक्सीको मूल्य बढेको छ ।

मदिरा उपयोगलाई निरुत्साहित गर्न सरकारले प्रत्येक वर्ष मदिरामा अन्तःशुल्क बढाउने गर्छन् । अर्थमन्त्री खतिवडाको पहिलो र दोस्रो दुबै बजेटले राम्रैसँग अन्तःशुल्क बढायो ।

मदिरामा भएको चर्को अन्तःशुल्कका कारण नेपालमा मदिराको मूल्या निकै उच्च छ ।

रक्सी खाने मान्छेप्रति कठोर बने अर्थमन्त्री, १ लिटरमै रु. १५६० सम्म अन्त:शुल्क लगाए, कुनमा कति ? (सूचिसहित)

रमाइलो कुरा त के छ भने अर्थमन्त्री खतिवडा रक्सी खाँदैनन् । रक्सी खाने मान्छेलाई नखाने मान्छेको तुलनामा नेगेटिभ लिस्टमा राख्छन् ।

खतिवडाले आफ्नो व्यवहारजस्तै कर नीति अबलम्बन गर्दै १ लिटरमै १२१ रुपैयाँसम्म अन्तःशुल्क बढाएका छन् ।

पोहोर साल हार्ड ड्रिङ्स मदिरामा भन्दा सफट् ड्रिङ्स बियरमा बढी अन्तःशुल्क बढाएका खतिवडाले यो वर्ष भने हार्ड ड्रिङ्समै बढी अन्तःशुल्क लगाएका छन् ।

सरकारले स्वेदशी फलफुको प्रयोग गरी स्वदेशमा उत्पादित वाइनमा भने आयातित वाइनभन्दा निकै कम अन्तःशुल्क लगाएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले यस्तो नीति अबलम्बन गरेको हो ।

अर्थमन्त्रीले बजेटमार्फत् जौबाट बनेको बियरमा प्रतिलिटर १५ रुपैयाँले अन्तःशुल्क बढाएका छन् । यसअघि प्रतिलिटर बियरको १५० रुपैयाँ रहेको अन्तःशुल्क आर्थिक वर्ष २०७६/७७ को बजेटले १५ रुपैयाँ बढाएर १६५ रुपैयाँ पुर्याएको छ ।

अन्तःशुल्क बढेसँगै अब बियर ३० देखि ४० रुपैयाँ महंगो हुने भएको छ । किनभने यसको कच्चापदार्थमा पनि कर बढेकोछ ।

अर्थमन्त्रीले मदिराको मात्रा बढी भएका ह्वीस्कीमा सबैभन्दा धेरै अन्तःशुल्क लगाएका छन् । १५ यूपी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर १३५ रुपैयाँ र प्रति एलपिलिटर १४४ रुपैयाँले अन्तःशुल्क बढाएका छन् । अन्तःशुल्क बढेसँगै अब यस्तो शक्ति भएको मदिराको बजार मूल्य २०० रुपैयाँभन्दा बढीले बढ्नेछ ।

चुरोट, खैनी-सूर्ती र गुट्खाको मूल्य बढ्यो, अर्थमन्त्रीले केमा कति अन्तःशुल्क बढाए ? (सूचिसहित)

आयातित मदिराको हकमा उल्लेखित दरबन्दीमा तोकिएको हल्कोहलको मात्रामा १ प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दी अनुसार अन्तःशुल्क लगाई असूल उपर गरिने अर्थमन्त्रीले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा उल्लेख छ ।

सरकारले स्वेदशी फलफुको प्रयोग गरी स्वदेशमा उत्पादित वाइनमा भने आयातित वाइनभन्दा निकै कम अन्तःशुल्क लगाएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले यस्तो नीति अबलम्बन गरेको हो ।


पुष्प दुलाल