रक्सी खाने मान्छेप्रति कठोर बने अर्थमन्त्री, १ लिटरमै रु. १५६० सम्म अन्त:शुल्क लगाए, कुनमा कति ? (सूचिसहित)



काठमाडौं । मदिरा सेवन नगर्ने अर्थमन्त्री डा. युवराज खतिवडा मदिरा सेवन गर्ने मान्छेप्रति कठोर बनेका छन् । मदिरा उपयोगलाई निरुत्साहित गर्न अर्थमन्त्री खतिवडाले मदिरामा चर्को अन्तःशुल्क लगाएका छन् ।

अर्थमन्त्री खतिवडाले एक लिटर मदिरामै १५६० रुपैयाँसम्म अन्तःशुल्क लगाएका छन् । मदिरामा भएको चर्को अन्तःशुल्कका कारण नेपालमा मदिराको मूल्या निकै उच्च छ ।

हरेक वर्ष सरकारले मदिरामा लाग्ने अन्तःशुल्क बढाउँदै आएको छ । खासगरी आयातित मदिरालाई निरुत्साहित गर्न सरकारले चर्को अन्तःशुल्क लगाएको छ ।

आयातित मदिराको हकमा उल्लेखित दरबन्दीमा तोकिएको हल्कोहलको मात्रामा १ प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दी अनुसार अन्तःशुल्क लगाई असूल उपर गरिने अर्थमन्त्रीले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा उल्लेख छ ।

मदिराको शक्ति (युपी) र अल्कोहलको मात्राका आधारमा अन्तशुल्क तोकिएको छ । अल्कोहलरहित बियरमा प्रतिलिटर १७ रुपैयाँ र १५ युपी शक्ति र ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरामा प्रतिएलपी लिटर १५६० रुपैयाँसम्म अन्तःशुल्क तोकिएकोछ ।

सरकारले स्वेदशी फलफुको प्रयोग गरी स्वदेशमा उत्पादित वाइनमा भने आयातित वाइनभन्दा निकै कम अन्तःशुल्क लगाएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारले यस्तो नीति अबलम्बन गरेको हो ।

कस्तो मदिरामा कति अन्तःशुल्क ?

˃, अल्कोहलरहित बियर- प्रतिलिटर १७ रुपैयाँ ।

˃, इनर्जी ड्रिङ्स- प्रतिलिटर ३० रुपैयाँ ।

˃, जौबाट बनेको बियर- प्रतिलिटर १६५ रुपैयाँ ।

˃, १७ प्रतिशतसम्म अल्कोहल भएको मदिरा- प्रतिलिटर ३७० रुपैयाँ ।

˃, १७ प्रतिशतभन्दा माथि अल्लोहल भएको मदिरा- प्रतिलिटर ४३० रुपैयाँ ।

˃, स्वदेशमा उत्पादिन फलफूलबाट बनेको १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको वाइन- प्रतिटिलर १३५ रुपैयाँ ।

˃, छ्याङ (जाँड)- प्रतिलिटर ३५ रुपैयाँ ।

˃, सेम्पेन, सेरी, मिड, पेरि लगायत विदेशमा उत्पादित साइडर- प्रतिलिटर ४३० रुपैयाँ ।

˃, स्वदेशमा उत्पादिन साइडर- प्रतिलिटर १८० रुपैयाँ ।

˃, वाइन वा ब्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक पदार्थहरु (स्प्रीट सहित)- प्रतिलिटर १६५ रुपैयाँ ।

˃, १५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा- प्रतिलिटर १३२५ र प्रतिएलपि लिटर १५६० रुपैयाँ ।

˃, ३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा- प्रतिलिटर ९२० र एलपि लिटर १३२५ रुपैयाँ ।

˃, २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल भएको तयारी मदिरा- प्रतिलिटर ९९० र एलपि लिटर १३२० रुपैयाँ ।

˃, ३० युपी शक्ति भएको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा- प्रतिलिटर ९२० रुपैयाँ र प्रतिएलपि लिटर १३१५ रुपैयाँ ।

˃, ४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा- प्रतिलिटर ४६५ र प्रतिएलपी लिटर ७७० रुपैयाँ ।

˃, ५० युपी शक्तिको २८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा- प्रतिलिटर ३७५ रुपैयाँ र  प्रतिएलपी लिटर ७५० रुपैयाँ ।

˃, ७० युपी शक्तिको १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा- प्रतिलिटर ३५ र  प्रतिएलपी लिटर ११५ रुपैयाँ ।

नोटः आयातित मदिराको हकमा उल्लेखित दरबन्दीमा तोकिएको हल्कोहलको मात्रामा १ प्रतिशतसम्म फरक भएमा सोही दरबन्दी लाग्नेछ । र, १ प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दी अनुसार अन्तःशुल्क लगाई असूल उपर गरिने अर्थमन्त्रीले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा उल्लेख छ ।


पुष्प दुलाल