चुरोट, खैनी-सूर्ती र गुट्खाको मूल्य बढ्यो, अर्थमन्त्रीले केमा कति अन्तःशुल्क बढाए ? (सूचिसहित)



काठमाडौैं । चुरोट, सिगार, सूर्ती, खैनी र खुट्खाजन्य पदार्थमा महंगिएका छन् । अर्थमन्त्री डा. युवराख खतिवडाले बजेट मार्फत् अन्तःशुल्क बढाएपछि यी वस्तुको मूल्य बढेको हो ।

सरकारले सूर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न प्रत्येक वर्ष सूर्तीजन्य पदार्थमा अन्तशुल्क बढाउँदै आएको छ । यो वर्ष पनि सरकारले अन्तःशुल्क बढापछि यी वस्तु महंगिएका छन् ।

अर्थमन्त्री खतिवडाले एक खिल्ली चुरोट र सिगारमा प्रतिखिल्ली २ पैयाँले अन्तःशुल्क बढाएको उनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा उल्लेख छ । त्यसैगरी, पाइप टोब्याको (सूर्ती) मा प्रतिकिलो १ सय २५ रुपैयाँ रुपैयाँ अन्तशुल्क बढेको छ ।

त्यस्तै, जर्दा खैनी, नस, गुट्खा र निकोटिनयुक्त पान मसला तथा यस्तै सुर्ती मिश्रित तयारी वस्तुहरुमा प्रतिकिलो ५६ रुपैयाँले अन्तशुल्क बढाइएको छ ।

त्यतिमात्रै होइन, अर्थमन्त्री खतिवडाले विदेशबाट आयातित र स्वदेशमा उत्पादिन चुरोट, बिँडी र सिगारमा प्रतिखिल्ली २५ पैसा र खाने सूती, खैनी, खुट्खा र पान मसलामा प्रतिकिलो २५ रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाउने घोषणा गरेका छन् ।

अन्तःशुल्कमा भएको भारी वृद्धि र स्वास्थ्य जोखिम करले चुरोट, खैनी, खुट्खा तथा सूर्तीजन्य बस्तुको मूल्य उच्च् दरमा बढ्ने देखिएको छ ।

कतिपय स्थानलाई त चुरोट, खैनी-सूर्ती र खुट्खामुक्त क्षेत्र पनि बनाइएको छ । निषेधित क्षेत्रमा यी पदार्थ सेवन गर्नेलाई दण्ड र जरिवामासमेत हुन्छ ।


क्लिकमान्डु