बैंकहरुको लोन ग्रोथ: रकममा एनआइसी एशिया र प्रतिशतमा एनबी फस्ट, इन्भेष्टमेन्ट र प्राइम लास्ट



काठमाडौं । आक्रमक बजार विस्तारमा गरिरहेको एनआइसी एशिया बैंकले धेरैवटा सूचकमा नम्बर वान हुन सफल भएको छ । पूराना, ठूला बैंक र एलिट बैंकलाई उछिन्दै एनआइसी एशिया बैंक पहिलो नम्बरमा पर्न सफल भएको हो ।

चालू आर्थिक वर्षको चैत मसान्तमा बैंकले अगत आर्थिक वर्षको चैत मसान्तको तुलनामा बैंकले १४५ प्रतिशले नाफा बढाएको छ ।

लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)

लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा यो बैंक ०७५ पुस मसान्तदेखि नै पहिलो नम्बरमा परेको छ । यो अवधिमा बैंकले बिजनेश पनि राम्रै गरेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा रकमका आधारमा यो बैंकले सबैभन्दा धेरै निक्षेप र कर्जा बढाएको छ । २९ अर्ब ६७ करोड ५४ लाख रुपैयाँले निक्षेप बढाएर कूल निक्षेप १ खर्ब ८० अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ । बैंकले कर्जा पनि २९ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बढाएर कूल कर्जा १ खर्ब ४९ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ ।

निक्षेप बढाउनमा जनता र माछापुच्छ्रे फस्ट, इन्भेष्टमेन्ट बैंक लास्ट, प्राइमको घट्यो, अरुको के भयो ? (सूचिसहित)

९ महिनाको अवधिमा बैंकले बढाएको निक्षेप १९.२६ प्रतिशतले हो भने कर्जा २४.१० प्रतिशतले धेरै हो । निक्षेप र कर्जा वृद्धिको प्रतिशतका आधारमा मात्रै अरु केही बैंकले एनआइसी एशियालाई उछिनेका छन् ।

यो ९ महिनाको अवधिमा कर्जा बढाउने बैंकहरुको सूचिमा सेकेन्ड लास्ट छ नेपाल इन्भेष्टमेन्ट बैंक । यो बैंकले जम्मा ६.०७ प्रतिशत अर्थात् ७ अर्ब ३३ करोड १० लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तमा कूल कर्जा १ खर्ब २८ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा इन्भेष्टमेन्ट बैंकले जम्मा ३.२० प्रतिशतले अर्थात् ४ अर्ब ४९ करोढ १९ लाख रुपैयाँले मात्रै निक्षेप बढाएको छ । एक वर्षको अवधिमा बैंकको नाफा १० प्रतिशतले घटेको छ भने खराब कर्जा ३०० प्रतिशतले बढेको छ ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै कर्जा बढाउने बैंक हो एनबी । यो बैंकले ९ महिनाको अवधिमा २६.०१ प्रतिशतले कर्जा बढाएको छ । ०७५ असार मसान्तको तुलनामा ०७५ चैत मसान्तमा १० अर्ब ९९ करोड ३० लाख रुपैयाँले बढाएर कूल कर्जा ५३ अर्ब २५ करोड २० लाख रुपैयाँ पुर्याएको छ । तर, यो बैंकले निक्षेप भने १६.६७ प्रतिशतले मात्रै बढाएको छ ।

नाफाको वृद्धिदरः एनआइसी एशियाको चमत्कार, नविल कमजोर, इन्भेष्टमेन्टको घट्यो, कुन बैंकको कति ?

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत रहेको बैंक पनि कर्जा विस्तारमा आक्रमक भएको हो । पछिल्लो समय यो बैंकले स्प्रेड दर पनि बढाउँदै लगेको छ । पछिल्लो एक वर्षमा बैंकले ५५ प्रतिशतले नाफा बढाएको छ ।

प्रतिशतका आधारमा मेगा बैंक तेस्रो धेरै कर्जा बढाउने बैंक बनेको छ । ९ महिनको अवधिमा यो बैंकले २२.५४ प्रतिश अर्थात् १२ अर्ब ८७ करोड ६६ लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तसम्मा कूल कर्जा ६६ अर्ब ९९ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले १९.४३ प्रतिशतले बढाएको छ भने एक वर्षको अवधिमा बैंकले १३१ प्रतिशतले बढाएको छ ।

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

रकमका आधारमा चौथो र प्रतिशत दुबैका आधारमा तेस्रो बढी कर्जा बढाउनेमा एभरेष्ट बैंक छ । यो बैंकले ९ महिनाको अवधिमा २१.५९ प्रतिशतले अर्थात् १९ अर्ब ३४ करोड ७६ करोडले बढाएर ०७५ चैत मसान्तमा कूल १ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधिमा बैंकले १६.९५ प्रतिशतले बढाएको छ भने ०७४ चैत मसान्तको भन्दा ०७५ चैत मसान्तमा १८ प्रतिशतले नाफा बढाएको छ ।

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

त्यस्तै, यो ९ महिनाको अवधिम सिद्दार्थ बैंकले पनि २१.४६ प्रतिशतले अर्थात् १८ अर्ब ४७ करोड ३७ लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तसमा कूल कर्जा १ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले निक्षेप भने १२ अर्ब ७८ करोड २३ लाख अर्थात् १२.५३ प्रतिशतले मात्रै बढाएको थियो । एक वर्षको अवधिको नाफा भने बैंकले १५ प्रतिशतले बढाएको छ ।

९ महिनाको अवधिमा रकम र प्रतिशत दुबैका आधारमा कर्जा बढाउने बैंकको सूचिमा अन्तिम नम्बरमा छ प्राइम बैंक । यो बैंकले ९ महिनाको अवधिमा ४.१५ प्रतिशत अर्थात् २ अर्ब ९० करोड १८ लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तमा कूल कर्जा ७२ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकको निक्षेप ६.७३ प्रतिशत अर्थात् ५ अर्ब ४७ करोड रुपैयाँले घटेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा भने ३१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, यो ९ महिनाको अवधिमा माछापुच्छ्रे, सेञ्चुरी र नेपाल एसबिआई बैंकले कर्जा २० प्रतिशतले बढाएका छन् । यी बैंकले क्रमशः २२, २०.५० र १७.१० प्रतिशतले बढाएका थिए ।

९ महिनाको अवधिमा रकम र प्रतिशत दुबैका आधारमा कर्जा बढाउने बैंकको सूचिमा अन्तिम नम्बरमा छ प्राइम बैंक । यो बैंकले ९ महिनाको अवधिमा ४.१५ प्रतिशत अर्थात् २ अर्ब ९० करोड १८ लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तमा कूल कर्जा ७२ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकको निक्षेप ६.७३ प्रतिशत अर्थात् ५ अर्ब ४७ करोड रुपैयाँले घटेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा भने ३१ प्रतिशतले बढेको छ ।

यो ९ महिनाको अवधिमा कर्जा बढाउने बैंकहरुको सूचिमा सेकेन्ड लास्ट छ नेपाल इन्भेष्टमेन्ट बैंक । यो बैंकले जम्मा ६.०७ प्रतिशत अर्थात् ७ अर्ब ३३ करोड १० लाख रुपैयाँले बढाएर ०७५ चैत मसान्तमा कूल कर्जा १ खर्ब २८ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा इन्भेष्टमेन्ट बैंकले जम्मा ३.२० प्रतिशतले अर्थात् ४ अर्ब ४९ करोढ १९ लाख रुपैयाँले मात्रै निक्षेप बढाएको छ । एक वर्षको अवधिमा बैंकको नाफा १० प्रतिशतले घटेको छ भने खराब कर्जा ३०० प्रतिशतले बढेको छ ।

नविल, इन्भेष्टमेन्ट र एभरेष्टसहित १३ बैंकको ‘आरओई’ घट्यो, प्रभुको छलाङ, कुन बैंकको के भयो ? (सूचिसहित)

यो ९ महिनाको अवधिमा स्ट्यान्डर्ड चार्टर्ड र प्रभु बैंकले १८ प्रतिशतले कर्जा बढाएका छन् । यो अवधिमा निक्षेप भने क्रमशः १६.८६ र १०.४७ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा चार्टर्डले १२ प्रतिशतले र प्रभुले ५८ प्रतिशतले नाफा बढाएका छन् ।

त्यसैगरी, यो अवधिमा सिभिल, सिटिजन्स र कृषि विकास बैंकको कर्जा १० प्रतिशतभन्दा कमले बढेको छ । क्रमशः ७.४०, ९.९४ र ९.८० प्रतिशतले कर्जा बढेको हो ।

Ashad 075 Chaitra 075 Growth (9 months)
Chaitra 075 Over Ashad 075
Row Labels Loan and Advances to BFIs Loan and Advances to Customers Total Loans and Advances Loan and Advances to BFIs Loan and Advances to Customers Total Loans and Advances Amount Rank Percentage
Agriculture Development            495,000        100,030,112        100,525,112              495,000       109,883,911        110,378,911       9,853,799      20 9.80%
Bank of Kathmandu        1,831,831           65,789,082          67,620,914          3,046,504         71,261,504          74,308,007       6,687,093      24 9.89%
Century Bank        1,462,029           47,944,435          49,406,464          2,035,614         57,399,364          59,434,978     10,028,514      18 20.30%
Citizens Bank        1,420,646           55,601,767          57,022,413          1,664,883         61,025,291          62,690,174       5,667,762      26 9.94%
Civil Bank        1,868,150           38,254,794          40,122,944          1,679,461         41,412,029          43,091,490       2,968,546      27 7.40%
Everest Bank        3,879,042           85,738,443          89,617,485          6,643,671       102,321,468        108,965,139     19,347,654         4 21.59%
Global IME        3,474,259           88,878,096          92,352,355          3,887,821       103,169,706        107,057,527     14,705,172         8 15.92%
Himalayan Bank        3,685,219           82,474,994          86,160,213          4,082,588         93,775,357          97,857,944     11,697,731      15 13.58%
Janata Bank        1,276,183           52,791,716          54,067,899          1,453,228         64,701,087          66,154,316     12,086,417      13 22.35%
Kumari Bank        1,778,935           60,596,576          62,375,510          2,640,603         69,598,802          72,239,404       9,863,894      19 15.81%
Laxmi Bank        1,656,125           59,834,775          61,490,900          1,855,563         70,515,740          72,371,303     10,880,403      17 17.69%
Machhapuchchre        1,798,388           62,417,218          64,215,605          2,321,092         74,984,076          77,305,168     13,089,563      10 20.38%
Mega Bank        1,591,787           55,528,642          57,120,429          2,410,590         67,586,507          69,997,097     12,876,667      12 22.54%
Nabil Bank        4,565,790        109,059,365        113,625,155          5,557,963       128,197,344        133,755,307     20,130,152         2 17.72%
NCC Bank        1,881,003           51,452,966          53,333,969          2,244,685         56,807,905          59,052,590       5,718,621      25 10.72%
Nepal Bangladesh        1,380,569           40,878,524          42,259,092          1,730,705         51,521,378          53,252,083     10,992,991      16 26.01%
Nepal Bank        2,739,471           75,556,511          78,295,981          3,147,418         88,191,221          91,338,638     13,042,657      11 16.66%
Nepal Investment        2,502,926        118,322,570        120,825,496          4,127,829       124,028,747        128,156,576       7,331,080      23 6.07%
Nepal SBI        2,872,202           72,363,660          75,235,862          4,963,655         85,794,388          90,758,043     15,522,181         6 20.63%
NIC Asia        4,658,145        115,804,621        120,462,766          7,941,800       141,555,895        149,497,694     29,034,928         1 24.10%
NMB Bank        2,497,568           72,711,772          75,209,340          3,371,826         87,024,524          90,396,350     15,187,010         7 20.19%
Prabhu Bank        3,181,809           72,990,232          76,172,041          3,767,263         86,169,497          89,936,760     13,764,720         9 18.07%
Prime Bank        2,829,040           67,137,816          69,966,856          3,004,701         69,863,986          72,868,687       2,901,831      28 4.15%
Rastriya Banijya Bank        4,045,981        117,414,163        121,460,144          4,210,470       137,029,451        141,239,921     19,779,777         3 16.28%
Sanima Bank        1,645,223           67,598,134          69,243,357          1,890,775         79,135,778          81,026,553     11,783,196      14 17.02%
Siddhartha Bank        2,841,166           83,236,088          86,077,254          3,167,325       101,383,639        104,550,964     18,473,710         5 21.46%
Standard Chartered        1,900,011           45,175,438          47,075,449          2,307,967         53,462,305          55,770,272       8,694,823      22 18.47%
Sunrise Bank            999,588           59,213,551          60,213,139          1,042,534         68,815,327          69,857,861       9,644,722      21 16.02%


पुष्प दुलाल