पूर्वअर्थमन्त्री कार्कीको प्रश्नः अर्थमन्त्रीज्यू, एउटै तथ्यांकको ठाँउ अनुसार व्याख्या गर्न पाइन्छ र ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडामाथि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की खनिएका छन् ।

संघीय संसदमामा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका सिद्दान्त र प्राथमिकताको छलफलमा बोल्दै कार्कीले अर्थमन्त्री खतिवडाले आफू मात्रै जान्ने र आफूले भनेका कुरा मात्रै ठीक भन्ने स्वभावको चर्को आलोचना गरे ।

जब अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री कार्कीलाई जिडिपी पढाए

‘अर्थतन्त्रको चाबी बोकेको मान्छेको आफुबाहेक अरु बेठिक हुन भन्ने धारणले कल्याण गर्दैन,’ कार्कीले भने ।

अर्थमन्त्री खतिवडाले पहिला ल्याएको स्वेतपत्रमा देश टार्ट पल्टिन लागेको कुरा प्रस्तुत गरिएको तर अहिले फिजिमा गएर देश राम्रो अवस्थामा छ भनेको भन्दै उनले प्रश्न गरे,‘एक वर्षमै यो कसरी सम्भब भयो ? एउटै तथ्याङक ठाँउ अनुसार फरक व्याख्या गर्न पाइन्छ र ?’

केही दिनअघि संसदको अर्थ समितिमा अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री कार्कीलाई कुल ग्राहस्थ उत्पादन (जीडीपी) पढाएका थिए ।


पुष्प दुलाल