जब अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री कार्कीलाई जिडिपी पढाए



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अर्थतन्त्रका विज्ञ हुन् । अर्थतन्त्रको समस्याको बारेमा डा खतिवडा राम्रो नै जानकार छन् ।

आफ्नो कार्यकालको दोस्रो बजेट ल्याउने तयारी गरेका अर्थमन्त्री डा युवराज खतिवडा बुधबार अर्थसमितिमा बजेटको सुझाव लिन आयोजित छलफल कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा अर्थसमितिले क्षेत्रगत रुपमा संकलन गरेको सुझावसँगै सांसद्हरुले अर्थमन्त्रीलाई बजेटको सुझाव दिने कार्यक्रम थियो । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थतन्त्रलाई गति कति यो त्यो आधारमा स्पष्ट भएर अगाडि बढुनुपर्ने बताएका थिए ।

त्यसको जवाफमा अर्थमन्त्री डा खतिवडाले भने,‘अर्थतन्त्रको गति अहिले ७ प्रतिशत पुगेको छ माननिय ज्यू।’ चालु आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ ।

अर्थमन्त्री खतिवडा र कार्कीबीचको सामन्य घोचपेच अर्को विषयमा पनि अर्थसमितिको बैठकमा पर्यो ।

अर्थमन्त्री खतिवडाले अर्थसमितिलाई डिपिआर नभएका आयोजनामा बजेट नल्याउनको लागि लिखित नै निर्देशन दिन आग्रह गरेका थिए ।

त्यो भनेपछि पूर्वअर्थमन्त्री कार्कीले भने,‘आफुलाई सहज हुने विषयमा मात्र निर्देशन नमाग्नुहोस्,अरु विषयको निर्देशन पनि पालना गर्नुहोस्।’

कार्कीको प्रश्नमा भने जवाफ दिदै अर्थमन्त्रीले भने,‘माननियजी आफै अर्थमन्त्री हुनु भएको त्यो बेला कति कार्यान्वयन गर्नुहुन्थो,हामी त्यो भन्दा बढी नै गर्छौ।’

डा खतिवडाभन्दा अगाडि अर्थमन्त्री ज्ञानेन्द्र कार्की थिए । कार्की अर्थतन्त्रको बारेमा भने जानकार होइनन् । अर्थमन्त्री भएर पनि बजेट ल्याउन नपाउनेमा कार्की पनि पर्छन् ।


क्लिकमान्डु