कहिले हेर्न पाइन्छ डिभीको रिजल्ट ? यसो भन्छ अमेरिका



काठमाडौ । के तपाईले डिभी भर्नुभएको थियो । यदि थियो भने तपाईको नतिजा मङगलबार राति ९ः४५ बजे निस्किएको छ ।

अमेरिकाले डिभी चिठ्ठाको नतिजा निकाले पनि नतिजा हेर्न भने मिलेको छैन ।

डिभी नतिजा हेर्ने वेबसाइट डाउन भएपछि यस्तो समस्या आएको हो । अमेरिका जस्तो शक्तिशाली देशको वेबसाइटमा समयमा नतिजा हेर्न नपाउनुको कारण के हो त ?

डिभीको रिजल्ट आयो, यसरी हेर्नुहोस् नतिजा

अमेरिकी सरकारको ट्राभल स्टेट डिपार्टमेन्टले जनाए अनुसार उक्त बेवसाइटमा एकै पटक धेरै प्रयोगकर्ताहरु वेबसाइट खोलेकाले यो समस्या आएको हो ।

डिभी पर्यो ? अमेरिका आउँदै हुनुहुन्छ भने यसो गर्नुहोस्

उक्त सुचना जानकारीका लागि नेपालस्थित अमेरिकी दुतावासले समेत आफ्नो आधिकारिक ट्विटर हेण्डलबाट रिट्विट गरेको छ ।

ग्रीनकार्ड होल्डरको अनुभव: अमेरिकामा पैसाको बोट रहेनछ, डिभी नपरे गर्व गर्नुहोस्

यस्तो छ अमेरिकी निकायले जारी गरेको सूचना । 


पुष्प दुलाल