भाटभाटेनी मनि ट्रान्सफरबाट पठाएको रेमिट्यान्स एनआइसी एशिया बैंकबाट निकाल्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तनी गर्ने सम्झौता भएको छ ।
सम्झौता पश्चात भाटभाटेनी रेमिट्यान्सबाट स्वदेश तथा विदेशबाट पठाएको रेमिट्यान्स एनआइसी एशिया बैंकका देशभरी रहेका २८२ शाखा र ४० वटा एक्सटेन्सन काउण्टरमार्फत निकाल्न सकिने छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी मनि ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे ।
एनआइसी एशिया बैंकका करिब १६ लाख ग्राहक छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।