चेम्बर छाडेर महासंघ फर्किँदै भाष्कर, बन्द शत्रमा यसरी गरे तारिफ, राजेशकाजीको शुभकामना



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५३औं साधारणसभाका क्रममा भएको बन्दशत्रमा भाष्करराज राजकर्णिकारले पनि भाषणा गरे ।

अध्यक्षमा प्रदिपजंग पाण्डेसँग चुनाब हारेपछि महासंघको एक्टिभ पोलिटिक्सबाट बाहिरिएका भाष्करराज नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष भए ।

चेम्बर उपाध्यक्ष भाष्कर महासंघको राजनीतिमा सक्रिय बन्दै, यस्तो छ रणनीति

महासंघकै बरिष्ठ उपाध्यक्ष भइसकेका भाष्कर चेम्बरको बरिष्ठ उपाध्यक्ष भएपछि महासंघ छाडेर किन चेम्बरतिर गएका होलान् ? चेम्बरलाई भाष्करले महासंको बिकल्पको रुपमा अघि बढाउन लागेका हुन् भन्ने धेरैको मनमा प्रश्न थियो ।

तर, उनै भाष्करराज पछिल्लो समय महासंघको पोलिटिक्समा एक्टिभ हुन थालेका छन् ।

चैत २९ गते शतिबार भएको महासंघको बन्दशत्रमा भाष्करले भाषण गरे । साधारण सदस्यको रुपमा बन्दशत्रमा उपस्थित भाष्करले निजी क्षेत्रमा महासंघजस्तो संस्था अरु कुनैपनि नभएको ठोकुवासमेत गरे ।

महासंघको ५२ वर्षको इतिहास स्मरण गर्दै भाष्करले आफ्नो भाषण अवधिभर महासंघको तारिफ गरिरहे ।

निकटस्थहरुसँग भाष्करले भन्ने गरेका छन्- ‘चुनाब उठ्ने नै भनेर डिक्लेयर त गरिसकेको छैन । तर, विधान संसोधन भयो र गणितीय हिसाब मिल्यो भने नेतृत्व सम्हाल्न तयार छु ।’

महासंघ छाडेर चेम्बरको उपाध्यक्ष बन्न गएका भाष्करले बन्द शत्रमा उपस्थित भएर महासंघको तारिफ गरेपछि उपस्थित सदस्यहरुले उनको भाषणलाई निकै चाख मानेर सुने ।

साधारण सदस्यका रुपमा भाष्करले महासंघको विधान संसोधन गर्नुपर्ने जोडदार माग गरे । विधान संसोधनका लागि महासंघले पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा कमिटि नै बनाएको छ ।

यसअघि बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बन्नेगरी विधास संसोधन गरेर आफूलाई महासंघको राजनीतिबाट आउट गरिएको भाष्करको बुझाइ छ । आफू निकटस्थहरुसँग भाष्करले यस्तो गुनासो गर्ने गरेका छन् ।

यसअघि संसोधन गरिएको विधानलाई फेरि संसोधन गरेर पहिलेको अवस्थामा ल्याउनुपर्नेमा भाष्करले जोड दिए ।

‘महासंघ भनेको नेपाली निजी क्षेत्रको सर्बोच्च संस्था हो, यसको संरचना र अभ्यासा अत्यन्तै सुन्दर छ,’ बन्दशत्रमा भाष्करले भने, ‘समयअनुसार विधान संसोधन गरेर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधानलाई विधान संसोधन गरेर खारेज गर्न पाए आफू अध्यक्षमा चुनाब उठ्ने भाष्करको तयारी छ ।

चण्डीराज ढकाल समूहले भाष्करलाई चुनाबको तयारी गर्न ‘ग्रीन सिग्नल’ पनि दिइसकेको छ । त्यसैले अचेल भाष्कर महासंघका सदस्यहरुसँग बाक्लो भेटघाट गरिरहेका छन् ।

निकटस्थहरुसँग भाष्करले भन्ने गरेका छन्– ‘चुनाब उठ्ने नै भनेर डिक्लेयर त गरिसकेको छैन । तर, विधान संसोधन भयो र गणितीय हिसाब मिल्यो भने नेतृत्व सम्हाल्न तयार छु ।’

भाष्करको रि–इन्ट्रीले महासंघ भित्र ठूलै हलचल ल्याएको छ ।

केही महिना यतादेखि भाष्कर चेम्बर जान छाडेका छन् भने कतिपयलाई आफूले चेम्बर छाडिसकेको पनि भनिसकेका छन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भने भाष्करले चेम्बर छाड्ने भन्ने औपचारिक जानकारी आफूलाई नभएको बताएका छन् ।

‘उहाँ (भाष्करराज) महासंघबाटै आउनुभएको हो, अहिले उतै जान खोज्नुभएको भन्ने सुनेको छु, तर अहिलेसम्म मलाई यसबारे औपचारिक जानकारी भने छैन,’ श्रेष्ठले भने, ‘चेम्बरबाट महासंघमा जानु भनेको त राम्रो कुरा हो, म उहाँलाई शुभकामना भन्न चाहन्छु ।’


पुष्प दुलाल