चन्द्रागिरि केबलकार ११ दिन बन्द हुने



काठमाडौं । चन्द्रागिरि केबलकार ११ दिन बन्द हुने भएको छ । आइतबार (१०गते)देखि १५ गतेसम्म र १८ गतेदेखि २२ गतेसम्म चन्द्रागिरी केवलकार बन्द हुने चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

शनिबार सूचना जारी गर्दैै हिल्सद्वारा प्रवद्र्धन गरेको केबलकार नियमीत मर्मत संभार र माथिल्लो त्रिशुली थ्रि ए मातातिर्थसम्मको विद्युत प्रसारण लाइनको काम भएकोले उक्त अवधिको लागि केबलकार बन्द हुने उल्लेख छ । हिल्सले उक्त अवधिमा केबलकार लगायत सम्पूर्ण सेवाहरु बन्दहुने जनाएको छ ।


क्लिकमान्डु