यस्तो छ भारत र पाकिस्तानको अर्थतन्त्रका सूचक

259
Shares

भारत र पाकिस्तानबीचको विवाद अझै साम्य भएको छैन । फुलुवामा हमलासँगै बढेको विवाद पाकिस्तानले भारतीय वायुसेनाका पाइलटलाई नियन्त्रणमा लिएर छाड्दापनि साम्य भएको छैन ।

यदी दुईदेशबीच युद्द भएमा भारत र पाकिस्तानले निकै नै ठूलो आर्थिक क्षतीको सामना गर्नुपर्छ । विश्वको पाँचौ ठूलो अर्थतन्त्र बन्न लागेको भारतलाई युद्दले पछाडि धकेल्छ भने अहिले नै आर्थिक संकट भोगेको पाकिस्तानको अर्थव्यवस्था भने युद्दले धरासायी नै हुन्छ ।

इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेपछि सरकारी खर्चमा कटौती र राजस्व संकलनमा नै बढी जोड दिएका छन् । उनले सरकारी आम्दानी बढाउन प्रधानमन्त्री कार्यालयमा रहेका गाडीदेखि भैसीसम्म बिक्री गरेका थिए । दक्षिण एशियाका आणविक शक्ति सम्पन्न देशहरुको आर्थिक सूचकलाई तुलना गरेर हेरौ ।

जीडीपी

भारतको जीडीपी ८ प्रतिशतको दरले बढेको छ । यो वर्षको अन्त्यसम्ममा भारतले बेलायतलाई पछाडि पारेर विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश बन्ने अनुमान गरिएको छ । भारतले गतवर्ष फ्रान्सलाई पछाडि पारेर छैटौ ठूलो अर्थतन्त्र भएको देश बनेको थियो । सन् २०१७÷१८ मा भारतको जीडीपी २५ हजार ९७ अर्ब अमेरिकी डलर बराबरको छ । जबकी पाकिस्तानको जीडीपी सो वर्ष ३०४ अर्ब अमेरिकी डलरको छ ।

विदेशी मुद्रा सन्चिती

विदेशी मुद्रा सन्चितीले कुनैपनि देशले कतिसम्म आयात धान्न सक्छ भन्ने देखाएको छ । ट्रेडिङ इकोनोमिक्सडटकमका अनुसार पाकिस्तानसँग २०१८ डिसेम्बर महिनाको अन्त्यसम्ममा १३ हजार ७५२ मिलियन अमेरिकी डलरको विदेशी सन्चिती छ ।

जबकी भारतसँग ३ लाख ९८ हजार २७० मिलियन अमेरिकी डलरको विदेशी सन्चिती छ । पाकिस्तानको विदेशी सन्चिती कम भएपछि धेरै पटक अन्तराष्ट्रि मुद्रा कोष(आइएमएफ)सँग ऋण लिएको छ ।ऐजेन्सीको सहयोगमा