किताब पढ्दापढ्दै फुरेको ‘बिजनेश आइडिया’ले यी युवतीलाई मालामाल बनायो



काठमाडौं । मान्छेका अनेकन शोख हुन्छन् । कोही घुम्न मन पाउँछन् त कोही पढ्न । कोही केटीसाथी लिएर लामो याात्रामा जान रुचाउँछन् भने कोही भट्टीमा बसेर मस्तसँग रक्सी खान मन पराउँछन् । यसको अर्थ मान्छेका अनेकन शोख र चाहना हुन्छन् ।

भारतकी एक युवतीको पनि यस्तै शोख रहेको छ । उनी पुराना किताब संकलन गर्छिन । र, उचित मूल्य लिएर आफ्ना ग्राहकलाई बिक्री गर्छिन ।

किताब पढ्ने सौखका कारण उनले पूराना किताब संकलन गरी अनलाइन मार्फत बिक्री गर्ने गरेकी छिन् । उनको कमाई पनि राम्रै हुने गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

नेपालमा पनि रत्नपार्क, वायु सेवा निगमको सडक पेटीमा पूराना र सेकेण्ड ह्याण्ड किताब बेच्नेहरुको समूह छ । हेर्दा पूराना लाग्ने त्यस्ता किताबको बिक्रीबाट पनि राम्रै कमाइ हुने गरेको छ ।

भारतीय युवती ऋतिका श्रीवासत्वले सन् २०१७ देखि पूराना किताबको बिक्री सुरु गरेकी हुन् । उनको दावी छ कि उनको बुक ठेला नाम दिइएको प्लेटफर्ममा अन्यत्र भन्दा २० देखि ३० प्रतिशत सस्तोमा किताब पाइन्छ ।

पूराना किताब पढनेका लागि आर्थिक रुपमा पनि सस्तो पर्ने र ज्ञान समेत पाइने हुनाले पछिल्लो दिनमा उनको व्यापार समेत फैलदै गएको छ । किताब अनलाइनबाट खरीद गर्न वा पढन समेत पाइन्छ । ठेला बुक यस्तो एक प्रकारको प्लेटफर्म हो जहाँ सबै प्रकारका किताब पाइन्छ ।

उनी भन्छिन्– ‘मलाई बालककालदेखि नै असाध्यै किताब पढ्ने सौख थियो । मैले कलेजबाट विजनेश व्यवस्थापनको पढाई पूरा गरेको छु । मैले केही न केही नयाँ तवरले काम गर्न मन लागेको थियो ।’

उनका पिताले सौख अनुसार नै व्यापार गर्न सुझाव दिए । उनले सुझाव मात्रै दिएनन २ लाख भारतीय रुपैयाँ समेत दिए । किताब किन्नका लागि दिल्ली जाँदा उनले पूराना किताबको ठूलो माग रहेको देखिन ।

तर असंगठित तरिकाले किताब बेच्नेहरुको समूह भएपनि त्यसले कुनै आर्थिक रुपमा फाइदा गरेको नदेखेपछि उनले एउटा उपाय खोजिन । र, जन्म्यो ठेला बुक । तब मैले यस्तो प्रकारको व्यापार सुरु गरे ।

व्यापार सुरु गर्नका लागि पिताले २ लाख रुपैयाँ दिए । सो रकमले किलोको मूल्यमा छानिएका किताब खरीद गरिन् । पूरानो दिल्लीमा सेकेण्ड ह्याण्ड पुस्तक बेच्नेहरुबाट १५० किलोकिताब खरीद गरिन् । त्यस लगत्तै सन् २०१७ को मार्चदेखि ठेला बुक सुरु भयो ।

ऋतिकाले बताएअनुसार उनको प्लेटफर्ममा किताबको माग ७० देखि ८० प्रतिशतले बढेको छ । ठूला ठूला शहरबाट पनि माग आएको छ । उनले राम्रै नाफा समेत गरिरहेकी छिन् । त्यसबाट व्यापार बढाउने सोच समेत अगाडि सारिएको छ ।

त्यस्ता मानिसहरु पूराना किताब खरीद गर्न चाहन्छन् जसको हालत राम्रो रहेको छ । उनको जस्तो पसल अन्यत्र छैन, जहाँ सबै प्रकारको किताब पाइयोस् । उनको व्यापार यतिखेर मुम्बई र कोलकातामा समेत फैलिएको छ । पूराना किताबमा सबै पाना नहुने समस्या पनि रहेको छ । मान्छेहरुको विश्वास जित्न पनि समस्या रहन्छ ।

उनकाअनुसार ह्यारी पोर्टरका सिरिजको अलावा सिडनी सेल्डन, जेफरी चार्चरका किताबको बढी माग रहेको छ । किनकी उनले बेवसाइटमा फिक्सन र नन फिक्सन सबै खालको किताब राखिएको छ ।

उनले अब बच्चाका किताब, कमिस्क तथा स्कल, कलेजका किताब राख्ने तिर ध्यान दिएक िछिन् । फ्रेन्च तथा जर्मन भाषाका किताब समेत उनको प्लेटफर्ममा पाइन्छ । उनको योजनाअनुसार देश विदेशका विभिन्न भाषाको किताब समेत समेत राख्ने रहेको छ ।

ठेला बुक सेकेण्ड ह्याण्ड किताब बेच्ने एक्लै कम्पनी होइन । अमेजन का अलावा बुकचोर, बुकमण्डी, सेकेण्ड ह्याण्ड बुक्स जस्तै घरेलु बेवसाइट पनि रहेका छन् । तर उनको दावी छ २० देखि ३० प्रतिशत सस्तो किताब मेरोमा नै पाइन्छ ।

उनको सोच रहेका छ, आफ्नो पसलमा सबै प्रकारको किताब पाइने गरी व्यापार विस्तार गर्ने । उनले गुडगाँउमा वेयर हाउस समेत बनाएकी छिन् । त्यहीबाट देशभर नै किताबको आपूर्ति गर्ने । बढ्दो मागलाई धान्नका लागि बेयर हाउसको क्षमता समेत बढाउने सोच राखिएको छ ।

ठेला बुकमा हाल ९० हजार खरीदकर्ता दर्ता भएका छन् । आगामी वर्ष एउटा उप समेत ल्याउने तयारी गरिएको छ । दैनिक जसो ७० देखि ८० किताब बिक्री हुने गरेको छ । उनको बेवसाइटमा ५ हजार किताब दर्ता गरिएको छ । स्टक समेत दुई गुणा बढी रहेको छ ।

उनको योजनाअनुसार आगामी वर्ष किताबको स्टक १० गुणाले बढाउने रहेको छ । सन् २०२०-२१ मा एप समेत लन्च गरेर सबैलाई समेट्ने योजना बनाइएको छ ।

आगामी वर्ष पूरानो किताबको बजार ७५ हजार करोड बराबरको हुने छ । हरेक वर्ष २० प्रतिशतको गतिमा किताबको माग बढ्दै गएको छ ।

घरेलु विद्युतीय सामग्री, कपडा सँगै बढी बिक्री हुनेमा किताब पनि रहेको छ । रिसर्च फर निल्सनकाअनुसार २०१५ मा भारतमा किताबको बजार २८ हजार करोडको थियो । सन् २०२० मा त्यो बढेर ७५ हजार करोड पुग्नेछ ।


क्लिकमान्डु