सरकारले विधेयक बनाएर विदेशबाट आउने आयातलाई यसरी गर्दै छ नियन्त्रण (विधेयकसहित)



काठमाडौं । सरकारले आयात रोक्नका लागि सेफगार्डस, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ ऐन ल्याउने भएको छ ।

मालवस्तुको आयात अनपेक्षित र अस्वभाविक रुपमा ठूलो परिमाणमा वृद्धि भएको, आयातका कारण स्वेदशी उद्योगमा हानी भएको भन्दै यो ऐन बन्न लागेको हो । विद्येयक ऐन बनेपछि मूलुकको औद्योगिक क्षेत्रको पूवद्र्धन गर्दै राष्ट्रिय अन्र्थतन्त्र सुदृढ बनाउने अपेक्षा रहेको बताइएको छ ।

विधेयकमा कुनै आयातकर्ताले मिल्दोजुल्दो बस्तु उत्पादन गर्ने उद्योगलाई हामी नोक्सानी भएमा उत्पादक वा निर्यातकर्ताको वा स्वायत्त भन्सार क्षेत्रको सामान्य मूल्य भन्दा कम निर्यात मूल्यमा आयात गर्ने मालवस्तु डम्पिङ गर्न नपाउने व्यवस्था गरेको जनाएको छ ।

विधयेकमा मालवस्तु निर्यातकर्ता मु्लुक वा स्वायत्त भन्सार क्षेत्रको सरकारबाट वा त्यस्तो सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको वित्तीय वा अन्य सहयोग प्राप्त कुनै संस्था वा निकायबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पाएको देखिएमा त्यस्तो वस्तुलाई सहुलियत प्राप्त मालवस्तु मानिने जनाएको छ ।

यो ऐन कार्यान्वयनमा आएपछि निर्यात गर्ने प्रयोजनका लागि विशेष आर्थिक क्षेत्र वा निर्यात प्रशोधन क्षेत्रमा मात्र प्रयोग हुने गरी आयात भएको कच्चा पदार्थसँग सम्बन्धित मालवस्तुको हकमा सरकारले सेफगार्ड उपाय, एण्टि-डम्पिङ महसुल वा काउण्टरभेलिङ महसुल नलगाउने गरी छुट दिने विधेयकमा उल्लेख छ ।

विधेयकमा कुनै वस्तुले सहुलिएत पाएका वा प्रत्यक्ष वा परोक्ष रुपमा अनुदान पाएको भएमा वा वस्तुको आयातबाट स्वेदेशी उद्योगीलाई हानी नोक्सानी वा गम्भीर हानी नोक्सानी भएमा अन्तरिम काउण्टरभेलिङ महसुल लगाउने जनाएको छ ।

विकासोन्मुख मुलुकबाट आयातित वस्तुको हकमा निर्यात मूल्यको दुई प्रतिशत वा कम तथा मुलुक वा स्वायत्त भनि क्षेत्रको हकमा एक प्रतिशतभन्दा कम सहुलियत वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदान प्रखान गरिएका बस्तुमा महसुल लगाउने उल्लखे छ ।

कुनै विकासोन्मुख मुलुकबाट आयत गरिएको सहुलियत वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदा पाएको वस्तुको परिणाम नेपालमा हुने मिल्दोजुल्दो वा समरुपका वस्तुको आयातको कुन परिमाणको चार प्रतिशत भन्दा कम देखिएमा महसुल लगाउने जनाएको छ ।

एन्टी डम्पिङ महसुल लगाउने व्यवस्था उक्त विधेयकमा रहेको छ । विधेयकमा डम्पिङ गरिएको वस्तुको कुनल आयातको तीन प्रतिशत भन्दा कम हुने भएमा मिल्दोजुल्दो वस्तुको कुल आयातको तीन प्रतिशतसम्म मात्र हिस्सा रहने गरी कुनै मुलुक वा स्वायत्त भन्सार क्षेत्रबाट आयात गरिएको वस्तुमा एन्टी डम्पिङ महसुल नलगाउने उल्लेख छ ।

एक भन्दा बढी मुलुक वा स्वायत्त भन्सार क्षेत्रबाट आयात गरिएको वस्तुको हिस्सा मिल्दोजुुल्दो भएमा आयतको सात प्रतिशत भन्दा बढी भएमा तीन प्रतिशत भन्दा कम हिस्सा रहने गरी कुनै मुलुक वा स्वायत्त भन्सार क्षेत्रबाट आयात गरिएको वस्तुमा समेत एन्टी डम्पिङ महसुल लगाउन सक्ने उल्लेख छ ।


क्लिकमान्डु