सेयरमा प्यानः क्यामेरा र मोवाइल बन्दगर्न लगाएर बोर्ड अध्यक्षले अर्थमन्त्रालयको कुरा काटे (भिडियोसहित)



काठमाडौं । ०७६ वैशाख १ गतेबाट सेयर खरिदगर्ने लगानीकर्ताले अनिवार्य प्यान नम्बर लिनु पर्ने विषय यतिखेर चर्चामा छ । शुक्रबार नेप्सेले धितोपत्र बोर्डले प्यान अनिवार्य गर्नु भन्ने निर्देशन आएको भन्दै लगानीकर्ताहरुलाई बोलाएर छलफल गरेको थियो ।

नेप्से र लगानीकर्ताबीच शुक्रबार नै आवश्यक अध्ययन गरेर मात्रै प्यान लगाउने सहमति भयो । नेप्सेका पदाधिकारीहरु धितोपत्र बोर्डतिर दोष देखाउँदै आफू उम्किए ।

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड हो । त्यसैले लगानीकर्ताहरु आइतबार बिहान १० बजे आफ्ना मापत्र लिएर धितोपत्र बोर्ड पुगे ।
लगानीकर्ताका ५ वटै संस्थाका पदाधिकारीहरुले सामाजिक सञ्जालमा ‘पुँजी बजारका समस्या समाधानका लागि धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रममा सहभागी हुन आह्वान’ गरेका थिए ।

बोर्ड बैठकमा अर्थ मन्त्रालयको सहसचिव सहभागी हुने भएकाले बैठकमा अर्थ मन्त्रालय बढी हावी हुने बताए । यसो भन्दै गर्दा कार्की ‘यो कुरा बाहिर चाँही नजाओस् है’ समेत भन्दै थिए ।

५ वटै संघका पदाधिकारीहरुले नै १० बजे सहभागी हने भनेपनि सबै जम्मा हुँदा पौने ११ हुन लागेको थियो । उनीहरु जम्मा भएपनि सुरुदेखि जम्मा हुनासाथ बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई भेटन पाएनन् ।

अध्यक्ष कार्कीले पनि लगानीकर्तालाई १२ बजेर १० मिनेट जाँदासम्म बोर्डको प्राङगणमा नै घाम तपाए । त्यो समयसम्म बोर्ड अध्यक्ष भेट्न नपाएपपछि बोर्ड विरुद्ध नाराबाजी गर्ने तयारी भइरहेको थियो ।


तर, त्यही बेला रिसेप्सनबाट लगानीकर्ताहरुलाई बोलाइयो । भित्र बोलाएपछि पनि झण्डै १५ मिनेट रिसेप्सन अगाडी नै कुराईयो । ५ वटा संस्थामध्ये प्रत्येकबाट २–२ जनाको दरले १० जनालाई मात्रै भित्र पस्न दिने भनियो ।

तर, लगानीकर्ता मानेनन् ।

सबै जना जान पाउनु पर्छ भनेपछि तेस्रो पटकको प्रयास सफल भयो । जब सबै जनाभित्र पसे सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरी ढकालले बोर्ड अध्यक्ष कार्की, कार्यकारी निर्देशकद्वय परितोष पौड्याल र निरज गिरीलाई लिएर १२ः१० बजे आए ।

१२ बजेसम्म कुर्न परेकाले सबै लगानीकर्ता आक्रोशित बनेका थिए । बोर्डको भुईतलामा रहेको सभा कक्षमा सबैलाई राखिएको थियो

मोबाइल र भिडियोप्रति किन डराए कार्की ?

सभाकक्षमा पस्नासाथ कार्कीले सबैलाई मोबाइल फोन अफ गर्न जंगी शैलीमा निर्देशन दिए । सबैजना मुखामुख गर्दै मोबाईल भाइब्रेसनमा राख्न थाले । कार्कीको पछि रहेका गिरीले कसैलाई पनि भिडियो नखिच्न अर्को निर्देशन दिए ।

छलफल अवधिभर आक्रमक रुपमा आफुले जे भने पनि लगानीकर्ताले मान्नै पर्छ भन्ने शैलीमा पस्तुत भएका कार्कीले प्रश्न गर्नेलाई तपाईको प्रश्न आवश्यक छैन भन्दै रोक्न पनि खोजे ।

छलफल चलिरहेको समयमा फोटो मात्रै खिच्दा क्लिकमाण्डु डटकमका फोटो पत्रकार नारायण पौडेललाई किन भिडियो खिचेको भन्दै आक्रोशित रुपमा अध्यक्ष कार्की नै प्रस्तुत भए । त्योे समयमा भिडियो नभएर फोटो मात्रै खिचिएको थियो ।

आफुले फोटो मात्रै खिचेको भन्दा पनि अध्यक्ष कार्कीले ‘हैन भिडियो नै खिचेको हो जस्तो छ, तपाईले भिडियो खिचेर उ गर्न खोज्नु भयो, अब तपाई लु उ गरेर यहाँ बस्नु’ भन्दै आफैं बसेको सोफामा लगेर राखे ।

त्यो बेला कार्की उभिएर बोलिरहेका थिए ।

सम्भवत यस्ता कार्यक्रम, छलफलमा अध्यक्ष बस्ने कुर्सी अन्यको भन्दा फरक नै हुन्छ । र, तोकिएको मान्छे मात्रै हो बस्ने । तर, अध्यक्ष कार्कीले भिडियो खिच्ने पत्रकारलाई आफैले बस्ने सोफामा लगेर राखे ।

छलफलकै क्रममा कार्कीले आगामी दिनमा बोर्डमा पत्रकारलाई प्रवेश नदिने भन्दै धम्की समेत देखाए । उनले यस्तो धम्की दिँदा पछाडी रहेका बोर्डकै कर्मचारी पनि अचम्म मान्दै सुनि रहेका थिए ।

उनले लगानीकर्ताको प्रश्नको जवाफ भने दिएनन् । तर आफु अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको मान्छे भन्दै मुस्कुराएर टोपी मिलाए । जुन कुरा लगानीकर्तालाई चासो नै थिएन ।

१ बजेर २० मिनेटसम्म चलेको छलफल लगानीकर्तालाई लाभदायक प्राय नभएको बसैको बुझाई थियो ।

छलफलकै क्रममा कार्कीले आगामी दिनमा बोर्डमा पत्रकारलाई प्रवेश नदिने भन्दै धम्की समेत देखाए । उनले यस्तो धम्की दिँदा पछाडी रहेका बोर्डकै कर्मचारी पनि अचम्म मान्दै सुनि रहेका थिए ।

कुरा खुस्कने कत्रो डर ?

बोर्डका अध्यक्ष कार्कीलाई आफुले बोल्दा कुनै कुरा खुस्किहाल्छ कि भन्ने निकै डर रहेछ । बोल्दै बोल्दै कुनै निकायलाई गाली गरिहाले भने त्यो कुरा बाहिर जाला भनेर भिडियो खिच्न बन्देज लगाउने योजनामा रहेछन् ।

तर उनले अर्थमन्त्रालयको कुरा काटन भ्याए ।

उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्यानलाई प्रोत्साहन गर्दै लगाउने बोर्ड नीति रहेको र मन्त्रालयले बजेटमा नै अनिवार्य लागु गर्ने भनेकाले आफुलाई समस्या परेको तर्क गरे ।

बजेटमा यो विषय आएको आफुलाई थाहै नभएको समेत भन्न भ्याए ।

बोर्ड बैठकमा अर्थ मन्त्रालयको सहसचिव सहभागी हुने भएकाले बैठकमा अर्थ मन्त्रालय बढी हावी हुने बताए । यसो भन्दै गर्दा कार्की ‘यो कुरा बाहिर चाँही नजाओस् है’ समेत भन्दै थिए ।

छलफल सकेर बाहिर निस्केपछि बोर्डका एक कर्मचारीले अर्थमन्त्रीले अडियो सार्वजनिक भए जसरी कुरो बाहिर जान्छ भनेर मोबाइल अफ गर्न लगाएको र भिडियो खिच्न बन्देज गरेको बताए ।

अर्थमन्त्रीले सेयर लगानीकर्तालाई थर्काएको अडियो यसअघि क्लिकमाण्डूले नै सार्वजानिक गरेको थियो ।

यो पनि-  सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले यसरी झपारे (अडियो सुन्नुस्)

यस्तो पो रहेछ २ घन्टा कुराउनुको रहस्य

बोर्डमा ५ वटा संस्थाका १० जना प्रतिनिधिलाई मात्र बोलाईए पनि उपस्थित रहेका ५० जना जति नै जाने भए । सबै जना जाने भएपछि अध्यक्ष कार्की, कार्यकारी निर्देशक गिरीले असुरक्षित महसुश गरेका रहेछन् ।

यसअघि पनि लगानीकर्ताले गिरीमाथी झण्डै हातपात समेत गरेका थिए । त्यही अवस्था होला कि भन्दै कुराएका रहेछन् । उनले अन्त्यमा सुरक्षाको कारण देखाउँदै दुई घन्टा कुराएको स्वीकारे ।

‘हामीले पनि जागिर खाएका हौं, हाम्रो पनि घरपरिवार छ, आक्रोशित भीडले हामीमाथि हातपात गर्यो भने त्यसको जिम्मेवारी कसले लिन्छ, ?’ कार्यकारी निर्देशक गिरिले क्लिकमाण्डूसँग भने, ‘हामी डराएरै लगानीकर्तासँग भेट गर्न ढिलो भएको हो ।’

लगानीकर्ताका मागैमाग, खै जवाफ ?

लगानीकर्ताहरुले बोर्ड प्यान लागु गर्ने सन्दर्भमा किन किन्नेलाई मात्र लगाएको, यसले माग र आपुर्तीमा कस्तो असर पर्छ, साधारण सेयरमा चाँही लाग्ने हो कि हैन ? भन्ने प्रश्न गरे ।

त्यसैगरी, प्यान लिए लगानीकर्ता र राज्यलाई के फाइदा हुन्छ, लगानीकर्तालाई दायित्व थपिन्छ कि थपिँदैन, समयमा नै लगानीकर्तालाई किन जानकारी नगराएको, विकट जिल्लामा र विदेशमा हुनेले कसरी लिने, नाबालकको हकमा कसरी लागु गर्ने ? भन्ने प्रश्न गरे ।

तर बोर्डले चित्त बुझ्दो जवाफ दिएन । लगानीकर्ताले बोर्डले कालोधनको छानविन गर्ने भनेको विषय, एनआरएनएको विषय, मार्जिन टे«डिङ, बैंकलाई ब्रोकर लाईसेन्सको विषय उठाएका थिए ।

कार्कीले आफु अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको मान्छे भन्दै बाहिर निस्के, तार्किक वा खोजेको जवाफ पाउन सकेनन् ।


पुष्प दुलाल