ग्लोबल आइएमइ बैंकबाट शेयरको अनलाइन कारोबार, शेयर लगानी बचत खाता खोले सुविधै सुविधा



काठमाडौं । ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । यस मार्फत बैंककाग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्ने छन ।

बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदानगर्ने उद्देश्यले ‘ग्लोबल शेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सकिने छ ।

उच्च ब्याजदर पाइने यस बचत खातामा निःशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निःशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुनेछ ।

यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिनमिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेट बैंकिंङ्ग र चेकबुक निःशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिङगमा ५० प्रतिशत छुट पनिपाइने छ ।

यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्ग सेवा लिई अनलाईन शेयर कारोबार गर्न पाउनेछन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२ वर्षअघि स्थापनाभएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखारहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि कार्यालयमार्फत आफ्ना ९ लाख ५० लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


पुष्प दुलाल