सिटिजन्स बैंकको प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखरामा
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नं ४ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन, पोखराको सिमलचौरमा स्थापना गरेको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ४ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं ४ अन्तर्गत बैंकका ५ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । बागलुंङ, बेनी, चामे, पोखराको न्युरोड तथा सिमलचौरमा यस बैंकका शाखाहरु रहेका छन । प्रदेश नं ४ मा रहेका ११ जिल्ला मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।