महालक्ष्मी बैंकद्वारा विद्यालयलाइ विभिन्न सामाग्री सहयाेग
काठमाडौ । महालक्ष्मी बैंकले रुपन्देहिको सिद्धार्थनगर स्थित वहिरा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि २ थान कम्प्युटर, २०० वटा ऊनीको टोपी र १ थान वाटर डिस्पेन्सर सहयोग गरेको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, बैंकका सञ्चालक राहुल अग्रवाल तथा बहिरा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खिमलाल पुरीको उपस्थिती रहेको थियो ।
बैंकको खुरखुरे शाखाले गत मंसिर २२ मा राप्ती नगरपालिका १०, चितवन स्थित राष्ट्रिय आधारभुत विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीहरुका लागि १०५ थान उनी स्वेटर प्रदान गरेको थियो । आर्थिक स्थिति निकै नै कमजोर भएका चेपाङ्ग विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयका विद्यार्थीहरुको जाडोयाममा पठनपाठन सहज बनाउने हेतुले सहयोग गरिएको थियो । यसैगरी बैंकको मंगलसेन शाखाले गत पुस ४ गते अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना योग्य विद्यार्थीहरुलाई कुल तेत्तीस हजार रुपैयाँ छात्रवृत्रि स्वरुप प्रदान गरेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।