गरिबलाई ऋण दिने लघुवित्तका सेयरधनीलाई मालामाल, कुन कम्पनीले कति लाभांश दिँदैछन् ?



काठमाडौं । गरिबलाई ऋण दिने लघुवित्त संस्थाका सेयरधनीलाई भने कम्पनीहरुले मालामाल प्रतिफल दिएका दिएका कारण पछिल्लो समय लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण निकै बढेको पाइन्छ । लघुवित्त कम्पनीहरुले राम्रो प्रतिफल दिएका कारण सेयरधनीहरु लघुवित्तको सेयर किन्न आकर्षित भएका हुन् ।

अर्थशास्त्रको नियम नै हो- आपूर्ति सीमित भएको वस्तुमा माग जति बढ्यो, मभूल्य पनि उति नै बढ्छ । त्यस्तै भयो लघुवित्त कम्पनीहरुको सेयर पनि ।

अधिकांश लघुवित्त कम्पनीहरुको सेयर मूल्य त ठूला, पूराना र अर्बौं नाफा कमाउने वाणिज्य बैंकहरुको भन्दा बढी छ । यसको एउटामात्रै कारण हो लघुवित्त कम्पनीमा लगानी गर्दा पाइने प्रतिफल ।

गत आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले कति लाभांश घोषणा गरे त ? भनेर जानकारी दिने उदेश्यले यो रिपोर्ट तयार पारिएको हो ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४२.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लभांश गरी जम्मा ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी जम्मा ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सुर्योदय र फरवार्ड कम्युनिटीले घोषणा गरेको लाभांस बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म घोषणा गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो ।
त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी जम्मा ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र २२.११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संसथाले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यसैगरी, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस सेयर र ११.८४ प्रतिशत नगद गरी जम्मा ३६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी जम्मा २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस सेयर प्रस्ताव गर्दा नगद लाभांश भने कुनै पनि घोषणा गरेको छ । बोमी माइक्रोफाइनान्सले भने २५ प्रतिशत नगद लाभांश मात्रै दिने घोषणा गरेको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र भने त्यसको कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

समता माइक्रोफाइनान्सले ६.६५ प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद लाभांश गरी कूल १४.०१ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
त्यसैगरी, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस्तै समिट लघुवित्त वित्तीय संस्थाले २३.५३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लभांशको प्रस्ताव गरेको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संसथाले १० प्रतिशत बोनस सेयर घोषणा गर्दा नगद लाभांश भने ०.५३ प्रतिशत मात्रै गरेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर दिएको छैन उसले मात्रै २६.३२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले बोनस सेयरको प्रस्ताव गरेको छैन । उसले मात्रै ५.२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २४ प्रतिशत बोनस सेयर १.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत बोनस सेयर र ३.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नागबेली लघुवित्त विकास बैंकले ९.३८ प्रतिशत बोनस सेयर र ०.४९ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०.५ प्रतिशत बोनस सेयर र २.१३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

त्यस्तै एनमएमबी माइक्रोफाइनान्स वित्तीय संसथाले १५ प्रतिशत बोस सेयर र ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले मात्रै ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने साना किसान लघुवित्त वित्तीय संसथाले २५ प्रतिशत बोनस सेयर र १.३१३ नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाले १०.४५ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यस्तै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।


पुष्प दुलाल