ज्योति विकास बैंक र ग्राण्डि हस्पिटल बीच पारस्पारिक सेवा सुविधा सम्झौता



काठमाडौ । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटलबीच पारस्पारिक रुपमा सेवा सुविधामा सहकार्य गर्ने सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई ग्राण्डि अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले हस्ताक्षर गरेका छन ।

अब सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको देखाइ परिचय पत्र देखाई यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


पुष्प दुलाल