यी हुन् नेपालले विदेशीलाई बेच्ने १० मूख्य वस्तु



काठमाडौं । नेपालमा नुनदेखि सुन आयात हुने कुरा त सबैलाई थाहा छ । तर नेपालमा पनि केही यस्ता वस्तुहरु छन् जुन विश्वका कयौँ देशहरुमा निर्यात हुने गर्छन् ।

तर विदेशमा बेच्नेको तुलनामा विदेशबाट किन्ने समान अत्याधिक बढी हुँदा मुलुकको ब्यापार घाटा दिनानु दिन चुलिँदो छ ।

आज हामीले विश्व बजारमा सबैभन्दा बढी निर्यात हुने मुख्य १० वस्तुहरुको बारेमा जानकरी दिने उदेश्यले यो सामाग्री तयार पारेका हौं ।

यी हुन् नेपालमा बनेका सामाग्री टप टेन निर्यात वस्तुहरु

१. नेपाल भन्सार विभागका अनुसार नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु मध्ये एक नम्बरमा हातले बनेका फाइबरका सामाग्रीहरु पर्छन् । यस्ता हातले बुनेका सामाग्रीहरु चालु आर्थिक वर्षको ३ महिनामा २ अर्ब ३८ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

२. दोस्रो नम्बरमा नेपालबाट निर्यात हुने सामाग्रीमा हातले बुनेका कार्पेटहरु हुन् । नेपालबाट चालु आर्थिक वर्षमा २ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ ।

३. निर्यात हुने क्रममा तेस्रो नम्बरमा कफी तथा चियाहरु अन्तराष्ट्रिय बजारमा बढी मात्रामा निर्यात हुने गरेका छन् । नेपालबाट यो चालु आर्थिक वर्षमा २ अर्ब २४ करोड ६ लाख रुपैयाँ बराबरको कफी तथा चिया निर्यात भएको छ ।

४. चौँथो नम्बरमा नेपालबाट निर्यात हुने क्रममा हमतले बुनेका कपडा तथा त्यसका सामाग्रीहरु पर्दछन् । चालु आर्थिक वर्षको ३ महिनामा यस्ता कपडा तथा कपडाका सामाग्रीहरु १ अर्ब ९० करोड ५८ लाख रुपैयाँ बराबर निर्यात भएका छन् ।

५. फलाम तथा स्टीलहरु नेपालबाट निर्यात हुने सामाग्रीहरुको पाचौँ नम्बरमा पर्छ । नेपालबाट चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ बराबरका फलाम तथा स्टीलहरु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

६. छैठौँ नम्बरमा फलफूल तथा तरकारी तथा त्यसका बीरुवाहरु निर्यात हुने गरेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बराबरको फलफूल तथा तरकारी र त्यसका बीरुवाहरु निर्यात भएका छन् ।

७. नेपालबाट निर्यात हुने सामाग्रीहरुको सातौँ नम्बरमा उलनका बुनेका कपडाहरु बढी मात्रामा निर्यात हुने गरेका छन् । नेपालबाट चालु आर्थिक वर्षमा ९६ करोड ८६ लाख रुपैयाँ बराबरको बुनेका उलनका कपडाहरु निर्यात भएका छन् ।

८. आठौँ नम्बरमा नेपालबाट निर्यात हुने क्रममा बुनेका मोजा तथा पन्जाहरु पर्ने गरेका छन् । नेपालबाट यो चालु आर्थिक वर्षमा ९६ करोड १० लाख रुपैयाँ बराबरको उलनका बुनेका पन्जा तथा मोजाहरु निर्यात भएका छन् ।

९ नौँ नम्बरमा नेपालबाट निर्यात हुने सामाग्रीहरुमा जनावरका दाना पर्ने गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट जनावरका दानाहरु ८६ करोड २६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

१०. दशैँ नम्बरमा नेपालबाट निर्यात हुने क्रममा हातले बुनेका गलैचा प्रकारमा बस्ने साधनहरु पर्दछन् । चालु आर्थिक वर्षमा ८५ करोड ५ लाख रुपैयाँ बराबरको यस्ता हाते सामाग्रीहरु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


पुष्प दुलाल