सरकारको खातामा २ खर्ब ८५ अर्ब, बैंकहरुसँग लगानी गर्न मिल्ने पैसा १९ अर्ब मात्रै



काठमाडौं । तपाईंलाई थाहा छ सरकारको खातामा कति पैसा होला ? सबैलाई पक्कै पनि थाहा नहुन सक्छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालका अनुसार अहिले सरकारी खातामा जम्मा २ खर्ब ८५ अर्ब रुपैयाँ छ । अर्थ मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा कार्यक्रममा गभर्नर डा. नेपालले यस्तो जानकारी दिएका हुन् ।

त्यसैगरी, बैंकिङ प्रणालीमा अहिले १९ अर्ब रुपैयाँ मात्रै लगानी योग्य रकम अर्थात् तरलता रहेको पनि गभर्नरले जानकारी दिए ।


क्लिकमान्डु