सुमना श्रेष्ठको प्रश्न–‘अरूले गरे नातावाद–कृपावाद, आफूले गरे योगदानको कदर?’


काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट व्यक्त गरेकी छिन् ।

पूर्व प्रतिनिधिसभा सदस्य एवं शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठकले सरकारको उक्त निर्णयप्रति असन्तुष्ट व्यक्त गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गर्ने निर्णय भएको थियो । उक्त निर्णको हाल चौतर्फी आलोचना भइरहेको छ ।

सोही विषयलाई लक्षित गर्दै श्रेष्ठले ‘अरूले गरे—नातावाद, कृपावाद, (नेपोबेबी) आफूले गरे—‘योगदानको कदर?’ भन्दै प्रश्न उठाएकी छिन् ।

‘अरूले गरे—नातावाद, कृपावाद, (नेपोबेबी) आफूले गरे—‘योगदानको कदर,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘अरूले गरे—भागबन्डा अनि आफूले गरे–‘जिम्मेवारी बाँडफाँड ।’ उनले अरूले गरे नुनको सोझो र सेटिंग हुने तर, आफूले गरे पारस्परिक सम्बन्ध हुने भन्दै आलोचना समेत गरेकी छिन् ।