मौन अवधिमा भोट माग्न म्यासेज पठाएको कसरी थाहा पाउँछ आयोगले ?



मौन अबधि लागेपछि सामाजिक संजाल मार्फत पनि मत माग्न पाइदैन । यसो गर्नु निर्वाचन आचार संहिता विपरितको कार्य हो ।

यसको नियमन र अनुगमनको लागि निर्वाचन आयोगका सचिबको अध्यक्षतामा प्राविधिक र संचार जगतका साथीहरु सहभागी भएको एउटा टीम छ । त्यो टीमले यो आचार संहिताको उल्लघन भए नभएको अध्ययन गरिरहेको छ ।

मौन अबधिमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्नु हुदैन भनेर उल्लेख गरेका छौं । समाजिक संजाल प्रयोकर्ता पनि ज्यादै संबेदनशील हुनुहुन्छ । राजनीतिक दलहरुले आचार संहितको पालना गर्नुहुनेछ । त्यसो भएको हुनाले मौन अवधिको समयमा गर्नु नहुने भनिएका क्रियाकलापहरु सामान्यतः हुदैन । कहि कतै भइहाले भने त्यसको मनिटरिङ हुन्छ ।

आचार संहिता भनेको नैतिकताको बिषय हो । मौन अबधिमा कसैले पनि चुनाबको प्रचार प्रसार गर्नुहुदैन भनेर आचार संहिता जारी गरेपछि त्यसको पालना सबै पक्षबाट हुन्छ भन्ने कुरा हो ।

मौन अबधि सुरु नहुँदै राखिएका सामाग्री के गर्ने भन्ने प्रश्न पनि आउँछ । यसको लागि पुराना सामाग्रीको अब थप प्रचार प्रसार गर्नु हुदैन । मौन अबधिभन्दा अगाडि राखिएका भिडियो र प्रचार सामाग्रीहरु मौन अबधि लागेपछि आचार संहितको बिषयभित्र पर्छ । सामाजिक संजालमा राखिसकेका बिषयहरु अब थप विस्तार गर्नु त हुदै हुदैन । मौन अबधि अगाडि राखिएका प्रचार सामाग्रीहरु मौन अबधि सुरु भएपछि सामाजिक संजालबाट हटाउनु पर्छ ।

फेसबुक, ट्वीटर र भाइबर जस्ता सामाजिक संजालबाट म्यासेज पठाएर वा मोबाइलबाट एसएमएस गरेर भोट मागेको थाहा पाउने प्रविधि निर्वाचन आयोगसँग छ । कसैले यस्तो गतिविधि गरेमा आयोगले तुरुन्तै थाहा पाउनेछ ।

फेसबुक, ट्वीटर र भाइबर जस्ता सामाजिक संजालबाट म्यासेज पठाएर वा मोबाइलबाट एसएमएस गरेर भोट मागेको थाहा पाउने प्रविधि निर्वाचन आयोगसँग छ । कसैले यस्तो गतिविधि गरेमा आयोगले तुरुन्तै थाहा पाउनेछ । मौन अबधिमा यो प्रकारको गतिविधि हुदैन भन्नेमा आयोग पूर्णतः विस्वस्त छ ।

कसैले आचार संहिताको उल्लघन गरेर यस्ता गतिविधि गरिरहेको छ कि भनेर आयोगले मनिटरिङ गरिरहेको छ । आचार संहिता उल्लघन गरेको पाइए आचार संहिता उल्लघन विरुद्धका ब्यवस्था बमोजिम कारबाही हुन्छ । देशभरबाट हुने यस्ता गतिविधिको हामीले मनिटरिङ गरिरहेका छौं ।
निर्वाचन आयोगका प्रवक्ता ढकालसँग गरिएको कुराकानीमा आधारित


क्लिकमान्डु