सिजी मोबाइल्सका दुई नयाँ मोडल बजारमा



काठमाडौं । सिजी मोबाइल्सले एस्ट्रो सिरिजमा २ वटा नयाँ मोडल एस्ट्रो टर्च एमवान र एस्ट्रो टर्च एसवान सार्वजानिक गरेको छ ।

सिजी मोबाईलले नयाँ पुस्ताका लागि लक्षित गरेर ल्याएका मोबाईलमा इन्ट्री लेभल सेगमेन्ट समावेश गरिएको छ ।

मनोरञ्जन र कुराकानीका लागि पछिल्ला प्रविधि प्रयोग गरी बनाइएको मोबाइललाई बजेट शुल्कमै पाउन सकिने कम्पनीले जनाएको छ ।

‘हामीलाई विश्वास छ, यी दुई मोबाइलमा नयाँ प्रयोग भएको छ, एउटा यी मोबाईलको ब्याट्रीका साथसाथै स्मार्ट फिचरहरु समावेश छन् भने सस्तो पनि छ,’ सीजी मोबाइल्सका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले भने ।

श्रेष्ठले एस्ट्रो टर्च एमवान् र एस्ट्रो टर्च एसवान्ले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे ।

यी मोबाईल लामो यात्रामा हिड्ने वा लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि उपयोगी हुने कम्पनीले बताएको छ ।

अडियो ज्याक, मोबाइल स्क्रिन पनि अपडेटेड प्रविधिमा आधारित रहेको सीजी मोबाइल्सको भनाई छ ।


पुष्प दुलाल