एक मधेसी युवा, जसले ‘उज्यालो काठमाडौं’भित्र उज्वल भविष्य देखे र ५२ करोड लगानी गरे
काठमाडौं । मधेसमा जन्मे हुर्केका रोशन श्रीवास्तब एलएलसीपछि ‘टेन प्लस टु’ पढ्न करिब १० बर्षअघि काठमाडौं आएका थिए ।
अहिले उनी २९ बर्षका मात्रै भए । तर, व्यावसायिक घरानामा जन्मिएको युवा उद्यमी झैं अहिले श्रीवस्ताव ५२ करोड रुपैयाँ लगानी गर्दैछन् । त्यो पनि उद्योगमा होइन सिर्फ एउटा क्रिएटिभ आइडियामा ।
जब काठमाडौं महानगरले काठमाडौं झिलिमिलि पार्न ‘उज्यालो काठमाडौं’ योजना ल्यायो । त्यही उज्यालो काठमाडौंमा आफ्नो उज्ववल भविष्य देखे श्रीवास्तवले ।
काठमाडौं महानगरपालिकासँग साझेदारी गरेर काठमाडौंका सडकहरुलाई झिलिमिलि पार्ने काममा ब्यस्त छन् अहिले उनी ।
नेपाली समाजमा कुनै पनि नव-युवकले आफ्नै बुँतामा ब्यवसाय शुरुवात गर्नु चानचुने कुरा होइन । नेपाली समाजले अहिलेसम्म पनि उद्यमशीलता र उद्यमशीलताको पूर्वसर्तको रुपमा रहेको सिर्जनशीलतालाई स्वीकार्न सकेको छैन ।
औपचारीक डिग्री र क्षमताको सँधैं सकारात्मक सम्बन्ध हुन्छ भन्ने सामान्य नेपाली सोचको च्यापु भत्किने गरी उनले मुक्का हाने ।
नेपालको साँस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक अवस्था र, तिनले निमार्ण गरेको सामान्य नेपालीको (बिशेषगरी मध्यम बर्गीय) मनोबिज्ञान उद्यमशीलताको अगाडी जब्बर पर्खाल बनेर उभिएको छ ।
सामान्य गाउँले परिवारबाट संघर्ष गर्दै ठूलो सफलतातर्फ अघिबढेको युवासँग भेट गर्ने इच्छाले हामीलाई उनको कार्यालय भएको स्स्थान जावलाखेलतर्फ डोर्यायो ।
जावलाखेल चोकबाट बाँया मोडिएर करिब १०० मिटर अगाडी पुगेपछि उनको कार्यालय भएको घरमा पुगियो । मुस्किलले दोहोरो आवतजावत गर्न पुग्ने साँघुरो भर्याङ रहेछ ।
‘सर एकछिन ब्यस्त हुनुहुन्छ, कुर्दै गर्नुहोला,’ रिसेप्सनका कर्मचारीले भने ।
‘सर’ अलि बढिनै ब्यस्त हुनुहुँदोरहेछ क्यारे, झण्डै एक घण्टा कुरियो ।
एक घण्टा कुर्दा, ‘सर’ कस्ता होलान ? भन्ने प्रश्न मनमा खेलिनै रह्यो । अलिअलि रिस पनि नउठेको होइन ।
तर, जब उनले बोलाएपछि हामी उनको कार्यकक्ष पस्यौं, तब उनीबारे हाम्रा पुर्वधारणाहरु तासको घरजस्तै भत्किए ।
हाम्रा अगाडी कुनै चिल्लो गाला भएको, ‘जंक फुड’ले सुन्निएको, ब्राण्डेड लुगा लगाएको, बास्नादार अत्तर छर्केको, अंग्रेजी मिसाएर बोल्ने कुनै ब्यवसायिक घरानाका उत्तराधिकारी थिएनन् ।
उनी कसैले दाना खुवाएर हुर्काएको र दाना हाल्नेको तालमा थै-थै गर्ने ‘एक्वेरियममा पालिएको माछा थिएनन्’ । उनी थिए, समुद्री आँधी चिर्दै बिपरित प्रवाहमा पौडने ‘सार्क’ माछा । पातलो शरिर, कालो वर्ण, सामान्य कपडा र हँसिलो अनुहार । एकदम साधारण नेपाली युवा । मधेसी युवा ।
नाम, राजन राज श्रिवास्तव । घर, रौतहट । बाबु आमाको पेशा, प्राथमिक सरकारी बिद्यालयका शिक्षक ।
अहिले उनी काठमाडौं महानगरसँगको सार्वजनिक निजी साझेदारीमा (पीपीपी मोडल) महानगरका मुख्य सडकहरुमा सौर्य उर्जाबाट चल्ने सडक बत्ति जोड्ने काम गरिरहेका छन् ।
१२ सय ८५ वटा बत्ति मुख्य सडकमा हाल्नका लागि कुल ५२ करोड रुपैंयाँ लगानी भएको उनी बताउँछन् ।
‘सबै बत्तिहरु चीनबाट ल्याइएका हुन् । र, प्रतिबत्ति २ लाख ५० हजार रुपैयाँभन्दा माथि पर्छ’, श्रीवास्तवले क्लिकमाण्डूसँग भने ।
साथै, बत्तिको खम्बामा आगो लागे पनि केही फरक नपर्ने र एउटा कपडाले पुछेपछि तुरुन्तै पुरानै अवस्थामा फर्काउन सकिने उनले बताए । नेपालमा हुने बन्द हड्तालको चपेटामा आफ्नो लगानी नपरोस भन्नेमा उनी सजग देखिन्छन् ।
यो योजनामा लाग्ने लगानी उनले बिभिन्न ४ वटा बैंकहरुबाट ऋण लिएका हुन् । साथै, उनको प्राय सबै र्पुख्यौली सम्पत्ति बैंकमा धितो राखेका छन् ।
‘प्रत्येक बैंकसँग १० देखि १२ करोडसम्म ऋण लिएको छु,’ उनले भने ।
सानै उमेरमा यति ठूलो ऋण बोक्न र र्पुख्यौली सम्पत्ति समेत बन्धकी राख्न उनलाई सहज भने पक्कै पनि भएन । उनको ब्यवसायीक अनुभवले उनमा यो साहस र योग्यता भर्यो । र, उनको परिवारको नजरमा उनीप्रतिको बिश्वास पनि स्थापित ग¥यो ।
उनको ब्यवसायीक जिवनको शरुवात उनको पहिलो जागिरले ग¥यो, जहाँ उनी महिनाको ८ सय रुपैंयाँ तलब खान्थे । यो करिब १० बर्षअघिको कुरा हो । उनले काम गरेको कम्पनी होर्डिङ र्बोड बनाउने, फ्लेक्सलगायत प्रिन्ट गर्ने गथ्र्यो । तर, कम्पनी त्यती ब्यवसायीक भने थिएन ।
‘हिसाब किताब केही पनि हुँदैनथ्यो अफिसमा, कागजपत्र नै हुँदैनथ्यो,’ उनी सम्झन्छन् । त्यहाँ करिब २ बर्ष काम गरे उनले ।
त्यसपछि उनी अलि ब्यवस्थित अफिसमा काम गर्न थाले ।
‘त्यहाँ कमसेमक केही काजगपत्र र फाइलहरु देखिन्थे,’ उनी सम्झन्छन्- ‘तलब त खासै थिएन, तर अनुभव र ब्यवसाय गर्ने तरिका भने मैले धेरै नै सिकें ।’
तलब पो उनका ‘साहु’ले निर्धारण गरे बमोजिम लिए, अनुभव त आफ्नो क्षमताले भ्याएसम्म दुवै हातले सोहोरे उनले ।
त्यही सोहोरेर थुपारेको अनुभवको आधारमा ‘र्याब्स इन्टरनेशनल प्रालि’ को स्थापना गरे । र, स–साना बिज्ञापन सम्बन्धी कामहरु गर्न थाले ।
यसैबीच स्ट्यान्डर्ड चार्टड बैंकले आफ्नो ‘लोगो’ परिवर्तन ग¥यो । उनले बैंकको सम्पूर्ण ‘रिब्राण्डिङ’को ठेक्का पाए ।
‘स्ट्यान्डर्ड चार्टड बैंकको त्यो ३० लाखको ठेक्का नै मेरो ब्यवसायीक जिवनको सबैभन्दा ठूलो कोशेढुङ्गा भयो’, उनले भने । त्यसपछि उनले ब्यवसायीक जिवनमा खासै पछाडि फर्केर हेर्नुपरेको छैन ।
तर, उनको मध्यमबर्गीय परिवारको सोचले भने अझै पनि अलि अलि पछ्याएको छ ।
‘बुबाले त धेरै कुरा बुझ्न थाल्नुभएको छ, आमा भने अझै पनि धेरै डराउनुहुन्छ,’ उनी भन्छन् ।
उनको परिवारको पनि चाहाना छोरोले पढेर जागिर खाओस भन्ने नै थियो । आमा अझै त्यो सोचबाट मुक्त नभैसकेको उनी बताउँछन् ।
तर, उनी अगाडि बढिसके । उनको पछिल्लो योजनामा काठमाडौं महानगरसँग १० बर्षको सम्झौता छ । ५२ करोड रुपैयाँ लगानी उठाउन ५ बर्ष हाराहारी लाग्ने उनको अनुमान छ । त्यसपछि भने नाफा ।
सौर्यबत्तिमा उनको लगानीमा आम्दानीको प्रमुख स्रोत भनेको बत्तिको खम्बामा हालिने ग्लोसाइन बोर्ड (बिज्ञापनका लागि) हो ।
पोलमा ग्लोसाइन बोर्डको दाँया बाँया १२ बर्ग फिटको २ वटा बिज्ञापन राख्नका लागि ठाउँ छुट्याइएको छ । बिज्ञापनका लागि ठाउँ अनुसारको शुल्क तय गरिएको छ । जस्तो, माइतिघरको पोलमा बिज्ञापन हाल्न सबैभन्दा महङ्गो छ भने बालाजुको पोलमा सबैभन्दा सस्तो ।
श्रीवास्तवलाई पोलमा हालिने बिज्ञापनबाटै आफ्नो सबै लगानी उठाउनुका साथै फाइदा समेत कमाउँछु भन्ने आँट भने नेपाली उपभोक्ताले दिएका रहेछन् ।
‘नेपालीहरु यति उपभोगी भैसकेका छन् कि कुनै नयाँ बस्तु वा सेवामा सजिलै झुम्मिन्छन् । यस्तो उपभोगी जनता बस्ने ठाउँमा उत्पादक र सेवा प्रदायकलाई आफ्नो वस्तु वा सेवाको बिज्ञापन गर्न करै लाग्छ । अनी म किन डराउनु ?,’ उनी प्रश्न गर्छन् ।
आफ्नो ब्यवसायीक यात्रामा आफु मधेसी भएका कारण केही सम्झनलायक भेदभाव उनले पनि खेपेका रहेछन् । केन्द्रिय राज्यसत्ताले सँधैं शंकाको दृष्टिले हेरेको समुदायको मानिसले यस्तो अनुभव गर्नु अस्वाभावीक पनि होइन । तर, यस्ता कुरा उनी सम्झन चाहँदैनन् ।
‘अब ब्यापारी भैसकेपछि पनि यस्ता कुरा के गर्नु’ उनले खाँट्टी ब्यापारीले गर्ने जस्तै कुरा गरे । सायद यस्ता मुद्दा उनी राजनीति गर्नेलाई नै जिम्मा लगाउन चाहन्छन् ।
काम गर्दा गर्दै उनले पढाइलाई भने त्यती समय दिन भ्याएका छैनन् । बिबिएससम्म उनले पाटन क्याम्पसमा पढे, तर कलेज नगएर । एमबिए भने काठमाडौं बिश्वबिद्यालयमा गर्दैछन् ।
‘दुइ वटा बिषय सकाउन बाँकी छ, भ्याएको छैन । तर, खासै फरक पर्दैन । क्षमता र सिपले काम गर्ने हो, जो मसँग छ,’ औपचारीक डिग्री र क्षमताको सँधैं सकारात्मक सम्बन्ध हुन्छ भन्ने सामान्य नेपाली सोचको च्यापु भत्किने गरी उनले मुक्का हाने ।