महेन्द्र शान्ति विद्यालयमा पुगेर हाले ओलीले भोट




काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । २० बर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा एमाले अध्यक्ष ओलीले आइतबार बिहान मतदान गरेका हुन् ।

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर भोट हालेका हुन ।

२० बर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा आज अर्थात बैशाख ३१ गते पहिलो चरणको निर्वाचन भइरहेको छ ।

मतदान पछि संचारकर्मीसँग छोटो कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनले उत्साह थपेको प्रतिक्रिया दिए ।

यस्तै कतिपय स्थानमा सत्तारुढ दलले राज्य संयन्त्रको प्रयोग गरेर स्वतन्त्रतापूर्वक निर्वाचन हुन नदिएको उनको आरोप छ ।


क्लिकमान्डु