भ्रष्टाचारमुक्त समाज बनाउन युवा निर्वाचित हुन आवश्यकः अध्यक्ष थापा



फोटोः कमल थापाको ट्विटरबाट

हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियतालाई संवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन स्थानीय मतदाताले युवा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका वडा नं १६ को चिसापानी र वडा नं ७ नागस्वतीमा आज आयोजित छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै प्रमुख दलहरुले सत्ताको स्वार्थभन्दा माथि उठेर राष्ट्रको अखण्डतालाई संवद्र्धन गर्न एवम् जनतालाई आर्थिक समृद्धि तुल्याउन सबै दलको एउटै एजेन्डामाथि प्रस्तुत हुन आग्रह गरे।

उनले हेटौँडा काठमाडौँ जोड्ने सुरुङमार्ग एवम् काठमाडौँ निजगढ जोड्ने दु्रत मार्ग निर्माण र हेटौँडा बजारलाई २५ मिटर सडकको व्यवस्थित रुपमा सहरीकरण गर्न राप्रपाले दीर्घकालीन योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे ।


क्लिकमान्डु