निर्वाचनको मिति तलमाथि गर्न नहुने



काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनको मिति बजेटअघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले सरकार परिवर्तनमा आयोगले हस्तक्षेप नगर्ने र बजेट ल्याउन नरोक्ने स्पष्ट पारे । ‘बजेट ल्याउन मिल्छ,तर आचारसंहिता अनुकूल हुनुपर्छ,’ उनको भनाइ छ ।

मुलुकलाई सङ्क्रमणकालबाट मुक्त गर्न निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले चुनाव गराउनुपर्ने मूल कामबाट कोही पनि विमुख हुन नहुने धारणा राखे ।


क्लिकमान्डु