अभिभावकलाई सिकाउन विद्यालयमा नमुना मतदान



म्याग्दी। नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउने, स्कुल क्याप्टेन र जुनियर रेडक्रस सर्कलका पदाधिकारी छनोट गर्ने उद्देश्यले निर्वाचनका सम्पूर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो ।

विद्यार्थीलाई मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियाबाट नै स्कुल  क्याप्टेन र जुनियर रेडक्रसका प्रतिनिधि चयन गर्न लागिएको प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाईंले बताए ।

कक्षा १ देखि १० सम्मका ४३६ जना विद्यार्थीले निर्वाचनमा भाग लिएका थिए ।


क्लिकमान्डु