मतदाता शिक्षाका लागि मोबाइल भ्यान




काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आजदेखि सुरु गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त कार्यको शुभारम्भ गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै उहाँले भौगोलिक विकटता, सञ्चार र यातायातको असुविधाका बाबजुद निर्वाचन कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढिरहेको बताए ।

बदर मत घटाउन र सदर मतको सङ्ख्या बढाउन मतदाता शिक्षा ज्यादै आवश्यक छ, आयोगले आजदेखि विशेष किसिमको मतदाता शिक्षाको अभियान सुरु गरेका छौँ, यो अभियान सहज र सघनरुपमा मतदाताको घरदैलो र टोलटोलमा पुर्याइन्छ । ¥याइनेछ ।”

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगबाट विभिन्न तहमा अनुगमनकर्ता परिचालन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदानका लागि मतदातालाई प्रेरित गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गरे ।
आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगबाट २१ हजारको सङ्ख्यामा सामाजिक परिचालक र शिक्षक खटाइको जानकारी दिए ।

आयोग परिसरबाट मतदाता शिक्षाको सन्देश प्रचारप्रसार गर्दै तीनवटा मोबाइल भ्यान पाटन, भक्तपुर र बालाजुतर्फ छुटेका थिए । सन्देशमा मत सङ्केत गर्ने तरिका, स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने तरिकालगायतका बारेमा जानकारी दिने र मतदातालाई मतदानका लागि प्रेरित विषयवस्तु समेटिएका छन् । रासस


क्लिकमान्डु