प्रधानन्यायधीशमाथीको महाभियोग अगाडि बढाउने कांग्रेस माओवादीको तयारी



काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् ।

व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश कार्कीलाई यथावत्रुपमा आफ्नो पदमा काम गर्नु भनी सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेपनि दलका नेताहरूले महाभियोग अगाडि बढ्ने बताएका हुन् ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले महाभियोग अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई संविधान विपरीत भएको टिप्पणी गरे ।

नेकपा माओवादी केन्द्र का नेता मणि थापाले न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सर्वोच्च अदालतको अन्तरिम आदेश लोकतन्त्र माथिको ठाडो प्रहार भएको बताए ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कार्यपालिका, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीच दूरी बढाउन नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राखे ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता जीतेन्द्र सोनालले शुक्रबारको सर्वोच्च अदालतकोे अन्तरिम आदेश संसद्माथिको हस्तक्षेप भएको जिकिर गरे ।


क्लिकमान्डु