कांग्रेस र माओवादीले भने- सर्बोच्चको फैसलाले संसद्को क्षेत्राधिकार मिच्यो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा समिल्तित बैठकले सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीमाथि महाभियोग नलगाउन दिएको अन्तरिम आदेश संसदीय सर्बोचताको हनन भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा माओवादी र कांग्रेसका नेताले सर्बोच्चले संसद्को सर्वोच्तामाथी आक्रमण भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि बाहिरिदै माओवादी केन्द्रका सांसद् तथा अधिवत्ता रहेका रामनारायण बिडारीले विशेष समिति बनाएर सर्बोच्चको आदेश खारेज गर्ने बताए ।

महाभियोगका प्रस्तावकर्ता कांग्रेस सांसद् मिन विश्वकर्माले संसदीय सर्बोच्चता माथी सर्बोच्चले हनन गरेको प्रतिक्रिया दिए ।


क्लिकमान्डु