प्रधानन्यायधीश कार्कीले आजैबाट काम थालिन्



काठमाडौं । सर्बोच्चको अन्तरिम आदेशपछि प्रधानन्यायधीश शुसीला कार्कीले आफ्नो काम थालेकी छन् ।

प्रधानन्यायधीशको सचिवालय स्रोतका अनुसार कार्यालय समय सकिएको हुँदा सर्बोच्च अदालत नगएपनि सरकारी निवास बालुवाटारबाट कार्कीले प्रधानन्यायधीशको हैसियतमा केही विषयमा टिप्पणी लेखेकी छन् ।

‘ प्रधानन्यायधीशको हैसियतमा सर्बोच्चका केही नीतिगत निर्णयमा प्रधानन्यायधीशज्यूले हस्ताक्षर गर्नुभएको छ,’ प्रधानन्यायधीशको सचिवालले स्रोतले भन्यो । सर्बोच्चका केही फाइलमा हस्ताक्षर गरेको सचिवालय स्रोतले जानकारी दियो ।

कार्की कार्यालय भने आइतबार देखि जाने छिन् ।


क्लिकमान्डु