प्रधानमन्त्री र कांग्रेस सभापतिको भेटमा भारतीय राजदूत सहभागी छैनन् : प्रधानमन्त्री कार्यालय



 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीचमा जारी भेटवार्तामा भारतीय राजदूत मन्जित पुरी सहभागी नभएको जनाएको छ ।

सर्बोच्चले प्रधानन्यायधीश शुसीला कार्की विरुद्धको महाभियोग प्रस्ताव अगाडि नबढाउन र कार्कीलाई काममा र्फकन अन्तरिम आदेश दिएपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच अहिले प्रधानमन्त्री कार्यालयमा भेटवार्ता जारी छ ।

भेटमा भारतीय राजदूत पुरीपनि सहभागी रहेको कुरा आएपछि यसलाई प्रधानमन्त्री कार्यालयले खण्डन गरेको हो । प्रधानन्यायधीश विरुद्ध कांग्रेस र माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।


क्लिकमान्डु