अन्तरिम आदेशसँगै कामु प्रधानन्यायधीशबाट सर्बोच्चले गोपाल पराजुलीको नाम हटायो




काठमाडौं । सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीको महाअभियोग अगाडि नबढाउन र काममा फर्कन अन्तरिम आदेश दिएसँगै कामु प्रधानन्यायधीशबाट गोपाल पराजुलीको नाम हटाएको छ ।

सर्बोच्च अदालतको वेवसाइटमा गोपाल पराजुलीलाई कामु प्रधानन्यायधीशको रुपमा नाम राखिएको थियो । अन्तरिम आदेश आएसँगै पराजुलीको नाम हटाइएको छ ।

शुसीला कार्कीलाई महाभियोग लागेसँगै उनको पद निलम्बन भएपछि बरिष्ठतम न्यायधीश पराजुली कामु प्रधानन्यायधीश बनेका थिए ।

सर्बोच्चले महाभियोग प्रस्ताव दर्ता अगाडि नबढाउन अन्तरिम आदेश दिएपछि पराजुली पुनः बरिष्ठत न्यायधीश बनेका छन् ।


क्लिकमान्डु